फुटबल प्रतियाेगिताकाे प्रथम पुरस्कार प्रायाेजन कैलाली गुरुकुल र प्रभा इट्टा उधाेगले गर्ने
राजेन्द्र रावल बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यहीँ मंसिर २१ गते बाट सुरु हुन लागेको कैलाली जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे दुबै बिद्या तर्फकाे प्रथम पुरस्कार प्रायाेजककाे टुङ्गो लागेको छ । जसमा छात्र प्रभा इट्टा उधाेग जाेसिपुर सिमरिले गर्दा छात्रा तर्फकाे पुरस्कार प्रायाेजन कैलाली गुरुकुल हाइ स्कुल माेतिपुर लम्किले गर्ने भएको हाे । जसकाे पुरस्कार राशि ५१,००० रहेको छ । छात्रा तर्फकाे प्रथम पुरस्कार प्रायाेजन गर्ने कैलाली गुरुकुल हाइवे क्षेत्रमा हुने खेलकुद गतिविधि हरुमा बिगत लामाे समय देखि सहयोग गर्दै आएकाे छ । कैलाली गुरुकुलले गत बर्ष भएको प्रथम पालिका स्तरिय कैलाली जिल्लाव्यापि मुख्यमन्त्री…

















