नाैलाेप्रेस डेस्क

735 Posts
एसईई नतिजाः नवलपुर बालबाटीका र आदर्श सामुदायिक विद्या मन्दिर सत प्रतिशत विद्यार्थी उत्तीर्ण  गराउन सफल

एसईई नतिजाः नवलपुर बालबाटीका र आदर्श सामुदायिक विद्या मन्दिर सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल

बर्दगोरिया । शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा सञ्चालित नवलपुर बालबाटीका विद्या मन्दिर र आदर्श सामुदायिक विद्या मन्दिरले सत प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएका छन । पालिकाका ६ वटा सामुदायिक र ३ वटा संस्थागत माध्यमिक विद्यालयलाई पछि पार्दै संस्थागत विद्यालयका रूपमा सञ्चालित नवलपुर बालबाटीका विद्या मन्दिर र आदर्श सामुदायिक विद्या मन्दिरले पालिकामै सत प्रतिशत विद्यार्थी उर्तिण गराउन सफल भएका हुन । नवलपुर बालबाटीका विद्या मन्दिरले विद्यालयमा अध्ययनरत १९ जना विद्यार्थी हरूलाई सत प्रतिशत उर्तिण गराउन सफल भएको हो । जसमा १ जनाले ( A+) ग्रेड, ११ जनाले (A )…
पुरा पढ्नुहाेस्
एस.ई.ई. परीक्षा; नोबेल मा.वि बन्यो उत्कृष्ट नतिजा ल्याउँदै बर्दगोरियामा प्रथम

एस.ई.ई. परीक्षा; नोबेल मा.वि बन्यो उत्कृष्ट नतिजा ल्याउँदै बर्दगोरियामा प्रथम

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक  विद्यालयले शैक्षिक सत्र २०८१ को एस. ई.ई. परीक्षामा पालिकामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । पालिकाका ६ वटा सामुदायिक र ४ वटा संस्थागत माध्यमिक विद्यालयलाई पछि पार्दै संस्थागत विद्यालयका रूपमा सञ्चालित नोबेल माध्यमिक विद्यालय पालिकामै उत्कृष्ट नतिजा सहित प्रथम हुन सफल भएको छ । नोबेल माध्यमिक विद्यालय अघिल्लो शैक्षिक सत्रमा पालिकामै समेत उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय हो । यस शैक्षिक सत्र २०८१ मा पनि ३.८७ जिपिए ल्याउँदै प्रथम, ३.८४ र ३.७८ जिपिए ल्याउँदै पालिकामै द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको हो । विद्यालयमा नियमित…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा एसइई को नतिजा: ४६ दशमलव ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण 

बर्दगोरियामा एसइई को नतिजा: ४६ दशमलव ३५ प्रतिशत विद्यार्थी उत्तीर्ण 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा एसइई परीक्षामा सहभागी भएका ४६ दशमलव ३५% विद्यार्थी उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी कुल ६ सय ५८ जना विद्यार्थीमध्ये ३ सय ५ जना विद्यार्थी उत्तीर्ण भएका हुन । उत्तीर्ण भएका मध्ये ३४ दशमलव ३१% सामुदायिक विद्यालय र ८९ प्रतिशत ३९% विद्यार्थी संस्थागत विद्यालयका हुन । सामुदायिक विद्यालयबाट सहभागी कुल ५ सय ४५ विद्यार्थीमध्ये १ सय ८७ जना अर्थात् ३४ दशमलव ३१% विद्यार्थी उत्तीर्ण भएका छन् । भने संस्थागत विद्यालयबाट सहभागी भएका १ सय ३२ जनामध्ये १ सय १८ जना अर्थात् ८९ दशमलव ३९% विद्यार्थी उत्तीर्ण भएका हुन ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ द्वारा कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई साइकल हस्तान्तरण

बर्दगोरिया-६ द्वारा कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई साइकल हस्तान्तरण

बर्दगोरिय । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा प्रोत्साहन स्वरुप कक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई साइकल वितरण गरिएको छ । वडा नम्बर ६ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार वडामा संचालित ४ वटा बिद्यालयका कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत कक्षामा उत्कृष्ट जिपिए ल्याउन सफल विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप साइकल वितरण गरिएको हो । जस अनुसार वडाको नमुना माध्यमिक विद्यालयमा छनोट पर्न सफल भएको श्री महुन्याल माध्यमिक विद्यालयमा शैक्षिकसत्र २०८१ को कक्षा ८ मा उत्कृष्ट जिपिए ल्याउन सफल रोहित बिक, शैक्षिकसत्र २०८१ को कक्षा ९ मा उत्कृष्ट जिपिए ल्याउन सफल स्मृति चौधरी, यस्तै शैक्षिकसत्र २०८० को कक्षा १० ( एस.इ.इ)…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान; देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान; देशभर मनसुनी वायुको प्रभाव, भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम…
पुरा पढ्नुहाेस्
मन्त्री रामेश्वर चौधरीद्वारा बर्दगोरिया–५ को पर्यटकीय क्षेत्रको अनुगमन

मन्त्री रामेश्वर चौधरीद्वारा बर्दगोरिया–५ को पर्यटकीय क्षेत्रको अनुगमन

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ को पर्यटकीय क्षेत्र ठाकुरद्वारामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले अनुगमन गरेका छन् । वडा नं. ५ को एक मात्र पर्यटकीय क्षेत्रको रूपमा रहेका निर्माण भएको ठाकुरद्वारामा बिहीबार मन्त्री चौधरीले अनुगमन गरेका हुन । अनुगमनका क्रममा मन्त्री चौधरीले हालै मात्र निर्माण भएको हात्तीको सालिकको अनुगमन गर्दै वडा नं. ५ को उक्त क्षेत्र लाई  पार्क सहितको पिक्नीक स्पोर्ट रूपमा निर्माण गरी यस क्षेत्रलाई थप आकर्षक र लोभलाग्दो पार्कको रूपमा अगाडि बढाउनु पर्ने बताए । आफूले यस क्षेत्रलाई थप आकर्षक र लोभलाग्दो पार्क निर्माणमा पूर्ण सहयोग रहने बताए । विशेष गरी यो आफ्नो निर्वाचन क्षेत्र…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-१ मा किटजन्य रोग नियन्त्रण सम्बन्धि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न 

बर्दगोरिया-१ मा किटजन्य रोग नियन्त्रण सम्बन्धि वडा स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा किटजन्य रोग (औलो, कालाजार, डेंगु र मलेरिया) नियन्त्रणका लागि वडा स्तरीय अन्तरकृयात्मक अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बिहिवार गाउँपालिकामा संचालित दोदोधरा अस्पतालको आयोजनामा पालिकाको वडा नम्बर १ का जनप्रतिनिधि तथा स्वास्थ्य स्वयंसेवककाहरु सँग औलो, कालाजार र डेंगु रोग नियन्त्रणका लागि अन्तरकृयात्मक अभिमुखिकरण कार्यक्रम गरेको हो । किटजन्य रोग भनेको के हो ? यस बाट कसरी बच्ने ? यसका लक्षण के–के हुन ? यसका रोकथामका उपाएहरु के हुनु? भन्ने विषयमा दोदोधरा अस्पतालका अस्पताल प्रशासन प्रमुख युजिन कुस्मीमे प्रशिक्षण गराएका हुन । कार्यक्रममा बर्दगोरिया गाउँपालिक प्रबक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष मिथुन गौतम, कार्यपालिका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-५ मा १ दिने नि:शुल्क स्वास्थ्य परिक्षण शिविर मंगलबार सम्पन्न; २१६ जनाले लिए सेवा

बर्दगोरिया-५ मा १ दिने नि:शुल्क स्वास्थ्य परिक्षण शिविर मंगलबार सम्पन्न; २१६ जनाले लिए सेवा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको कोइलीभुरुवा आधारभूत स्वास्थ्य चौकिमा मंगलबार सम्पन्न १ दिने निशुल्क स्वास्थ्य शिविरबाट २१६ जना सेवाग्राहीले स्वास्थ्य परिक्षण गरि सेवा लिएका छन । जिल्ला स्वास्थ्य कार्यालय धनगढीको आर्थिक सहयोग र बर्दगोरिया गाउँपालिका कार्यालय मुडा कैलाली समन्वयमा उक्त १ दिने निशुल्क स्वास्थ्य शिविर मंगलबार सम्पन्न भएको हो । शिविरबाट १२८ महिला र ८७ पुरुष गरि जम्मा २१६ जना सेवाग्राहीले सेवा लिएको स्वास्थ्य चौकी प्रमुख देवकुमार चौधरीले जानकारी दिए । चौधरीका अनुसार २१६ जनाको रगतको सोलुबिलेटी टेष्ट गर्दा २७ जनामा सिकलसेल ट्रेट पोजेटिभ देखिएको हो । जसबारे थप परिक्षण गर्न प्रदेश स्वास्थ प्रयोगशाला धनगढी…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गा.पा. ले ल्यायो आ.व. २०८२/०८३ का १ अर्ब बाढी बजेट

बर्दगोरिया गा.पा. ले ल्यायो आ.व. २०८२/०८३ का १ अर्ब बाढी बजेट

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को लागि १ अर्व दुई करोड ९१ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार सम्पन्न पालिकाको १६औ गाउँसभामार्फत बजेट सार्वजनिक गरिएको हो । पालिका अध्यक्ष कर्ण बहादुर कुवरको सभाध्यतामा भएको कार्यक्रममा उपाध्यक्ष गणेश राज गिरिले आर्थिक बर्ष २०८३/०८३ को लागि निति तथा कार्यक्रमसहित १ अर्व दुई करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन । जसमा चालुतर्फ ३४ करोड ३९ लाख र पुजिगततर्फ ४१ करोड ५२ लाख रुपैयाँ र सामाजिक सुरक्षातर्फ २७ करोड रुपैयाँ रहेको छ । सभामा आन्तरिक आयतर्फ ३ करोड ६९ लाख ५३ हजार ५ सय ८१, राजश्व…
पुरा पढ्नुहाेस्
स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय, आज भारी वर्षाको सम्भावना

स्थानीय र पश्चिमी वायुसँगै मनसुन थप सक्रिय, आज भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी र बागमती प्रदेशको एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ…
पुरा पढ्नुहाेस्