नाैलाेप्रेस डेस्क

972 Posts
यी पदाधिकारी पदमुक्त हुँदैः प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फबाट

यी पदाधिकारी पदमुक्त हुँदैः प्रशासनिक तथा सामाजिक क्षेत्रतर्फबाट

काठमाडौँ । प्रशासनिक तथा सामाजिक क्षेत्रका पदाधिकारीहरूको पद रिक्त हुने भएको छन। राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेसँगै प्रशासनिक तथा सामाजिक क्षेत्रका पदाधिकारीहरूको पद रिक्त हुने भएको हुन।   प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले विभिन्न मन्त्रालय मातहतका निकायहरूमा नयाँ कार्यशैली भित्र्याउने लक्ष्यका साथ ल्याएको यो अध्यादेशपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान ऐन, २०३९ बमोजिम नियुक्त भएका चार जना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन, २०४९ अन्तर्गत नियुक्त एक जना पदाधिकारी अब पदमुक्त हुने भएका छन्।   यस्तै, सामाजिक सेवा र नियमनको क्षेत्रमा सक्रिय समाज कल्याण ऐन, २०४९ बमोजिम नियुक्त १० जना र नेपाल इन्जिनियरिङ…
पुरा पढ्नुहाेस्
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा_ को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले पार्टी कार्यालय वनस्थलीमा बस्ने गरी बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।   बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुने बताइएको छ ।   साथै संसदीय दलको विधान संशोधन तथा समसामयिक विषयममा छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।  
पुरा पढ्नुहाेस्
हाल सुदूरपश्चिम लगाएत देशभर वर्षा हुँदै; केही स्थानमा असिना पनि पर्ने

हाल सुदूरपश्चिम लगाएत देशभर वर्षा हुँदै; केही स्थानमा असिना पनि पर्ने

काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै पूर्व देखि पश्चिम सम्म फैलिएको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागको नजिक रहेको छ। जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशको हिमाली र पहाडी भूभागमा बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा देशको तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत कोशी प्रदेशको…
पुरा पढ्नुहाेस्
बाढी र पहिरोका कारण यी तीन राजमार्ग प्रभावित

बाढी र पहिरोका कारण यी तीन राजमार्ग प्रभावित

काठमार्डौ । पछिल्लो जानकारीअनुसार आज शनिबार देशका विभिन्न मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बाढी र पहिरोका कारण कतै पूर्ण रूपमा सडक बन्द भएको छ भने कतै एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन् । नेपाल प्रहरीले दिएको जानकारीअनुसार कोशी प्रदेशअन्तर्गत भोजपुर जिल्लामा बाढीका कारण समस्या देखिएको छ । भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा पर्ने मध्य पहाडी लोकमार्गमा प्रभाव परेको छ । उक्त सडकखण्डमा वैकल्पिक बाटो प्रयोग गरी एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित सडकखण्डमा इकु पहिरो झरेपछि यातायात सेवा पूर्ण…
पुरा पढ्नुहाेस्
कञ्चनपुर पुगेकी मन्त्री चौधरीले भनिन तपाईंहरूको समस्या मेरो समस्या पनि हो

कञ्चनपुर पुगेकी मन्त्री चौधरीले भनिन तपाईंहरूको समस्या मेरो समस्या पनि हो

कञ्चनपुर । कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले मुक्तकमैया समुदायका गाँस, बास, शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित खुला मञ्चमा मुक्तकमैया समाज जिल्ला समिति कञ्चनपुरको आयोजनामा आज आयोजित जागरणसभामा उनले मुक्तकमैया, हलिया, हरवाचरवा तथा कम्लरीको अधिकारको लडाइँमा सरकार सँगसँगै अगाडि बढ्ने बताइन् ।   आफू यसै समुदायकी छोरी भएकाले यस क्षेत्रप्रति अझ जिम्मेवार भएर काम गर्ने उल्लेख गर्दै मन्त्री चौधरीले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने धारणा राखिन् । “तपाईंहरूको समस्या मेरो समस्या पनि हो, म यसबारे जानकार छु । त्यसैले अधिकारको लडाइँमा म…
पुरा पढ्नुहाेस्
यी हुन् राष्ट्रपति पौडेलले जारी गरेका ६ अध्यादेश

यी हुन् राष्ट्रपति पौडेलले जारी गरेका ६ अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा थप तीन वटा अध्यादेश जारी गरेका छन् । योसँगै पछिल्लो तीन दिनमा जारी भएका अध्यादेशको संख्या ६ पुगेको छ । राष्ट्रपति पौडेलले आज स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका हुन् । यसअघि उनले वैशाख १८ गते शुक्रबार सम्पत्ति शुद्धीकरण ९मनी लाउण्डरिङ० निवारण ९तेस्रो संशोधन० अध्यादेश २०८३ जारी गरेका थिए । यस्तै, वैशाख १७ गते बिहीबार सार्वजनिक खरिद ९दोस्रो संशोधन० अध्यादेश, २०८३, सहकारी ९पहिलो संशोधन० अध्यादेश, २०८३ जारी भएको थियो । संघीय…
पुरा पढ्नुहाेस्
कांग्रेसका सभापति गगन थापाः पुरानो हुनु भनेको खराब हो भन्ने भाष्य समाजका लागि खतरनाक

कांग्रेसका सभापति गगन थापाः पुरानो हुनु भनेको खराब हो भन्ने भाष्य समाजका लागि खतरनाक

काठमाडौँ । पछिल्लो समय समाजमा ुपुरानो हुनु भनेको खराब र थोत्रो हुनु होु भन्ने भाष्य जबरजस्त रूपमा स्थापित गर्न खोजिएको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले चिन्ता व्यक्त गरेका छन्।   शनिबार काठमाडौँमा आयोजित ‘खनियाबास विद्रोहका नायक दामन पाख्रिन’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्। थापाले जे पुरानो छ त्यो थोत्रो र जे नयाँ छ त्यो असलु भन्ने तर्क हेर्दा सरल र आकर्षक देखिए पनि यो निकै खतरनाक रहेको बताए। उनले भने, ूसमाजमा कुनै पनि कुरा जेठो वा पुरानो हुनु भनेको खराब हो भन्ने भाष्य निर्माण गरिँदै छ। यदि सिङ्गो समाजले नै यो कुरा ग्रहण गर्न…
पुरा पढ्नुहाेस्
काठमाडौँमा नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने

काठमाडौँमा नेकपाले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म महाधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवशेन गर्ने निर्णय गरेको हो।   आगामी साउन मसान्तसम्म पार्टी सदस्यता नवीकरण तथा सदस्यता विस्तार अभियान सञ्चालन गर्ने, भदौ १५ गतेसम्म वडा, भदौ १६ देखि मसान्तसम्म पालिका, असोज मसान्तसम्म जिल्ला र कात्तिक १५ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।   आगामी जेठ मसान्तभित्र केन्द्र, प्रदेश, जिल्ला, स्थानीय पालिका, वडा तथा टोल तहसम्मका सङ्गठनात्मक र पार्टी तथा जनवर्गीयरमोर्चा…
पुरा पढ्नुहाेस्
बुद्ध जयन्तीको अवसरमा चितवनमा मोटरसाइकल यात्रा

बुद्ध जयन्तीको अवसरमा चितवनमा मोटरसाइकल यात्रा

चितवन । विश्व शान्ति बौद्ध समाज तथा विश्व शान्ति बौद्ध आमा समाजले शुक्रबार मोटरसाइकल यात्रा गरेको छ।   भरतपुर महानगरपालिका वडा नं।१२ मा रहेको दुई संस्थाले २५७०औँ बुद्धजयन्तीको अवसरमा मोटरसाइकल यात्रा गरेको हो।   समाजका अध्यक्ष भीमबहादुर गुरूङका अनुसार यात्रा गोन्द्राङ, वसन्तचोक, आस्थाचोक, मोहन मावि, कार्की चोक, सहयोगी टोल, कालिका टोल हुँदै समाजको गुम्बामा आएर समापन भएको थियो।   भरतपुर–१२ का वडाअध्यक्ष लेखराज पन्तको विशेष उपस्थितिमा भएको यात्रापछि प्रसाद ग्रहण गरी कार्यक्रम समापन गरिएको थियो। त्यसभन्दा अघि गुम्बाका धर्मगुरु रामबहादुर गुरूङबाट पूजापाठ गरी विश्व शान्तिको कामना गरिएको थियो।
पुरा पढ्नुहाेस्
राष्ट्रपतिद्धारा थप तीन अध्यादेश जारी

राष्ट्रपतिद्धारा थप तीन अध्यादेश जारी

काठमाडौं । शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले थप तीन अध्यादेश जारी गरेका छन् ।   राष्ट्रपति पौडेलले शनिबार (वैशाख १९) स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका हुन् ।   त्यस्तै, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।   राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १४४ को उपधारा १० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका हुन् । राष्ट्रपतिले यसअघि शुक्रबार (वैशाख १८) सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ९तेस्रो संशोधन० अध्यादेश गरेका थिए ।   त्यस्तै, बिहीबार (वैशाख १७)मा सहकारी ।पहिलो संशोधन०…
पुरा पढ्नुहाेस्