गुरुङ समुदायले आज तमु ’ल्होसार’ पर्व मनाउँदै
काठमाडौं: गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज तमु ’ल्होसार’ पर्व मनाउँदैछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो। यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ। विभिन्न १२ वटा जनावर र चराचुरुङ्गीहरुको प्रतिक स्वरूप रहने यस तमु वर्षमा यसपटक बिरालो बर्ग रहनेछ। हरेक वर्षझैं यस वर्ष पनि ’हि ल्हो’ (बिरालो वर्ग) वर्षलाई सबैको शुभ होस् भनी तमु गुरुङ परम्पराअनुसार ग्रह–दशा शान्ति पूजा गरी आज नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने गरिन्छ। ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ। गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत…
















