बर्दगोरियामा पौष २८ देखि माघी मेला लाग्दै

कैलाली । विगतका वर्ष जस्तै यस बर्ष कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय कलाकारलाई पहिलो प्राथमिकता र राष्ट्रिय कलाकारका साथै भारतीय नौटङ्गी कलाकार र भजन किर्तन प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ ।

बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको तिव्र विकासका निमित्त माघी मेला संचालन हुन लागेको हो । बर्दगोरिया धार्मिक क्षेत्र प्रचार प्रसार गर्ने र आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्न माघि मेला आयोजना गरिएको बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष रामनारायण थारुले जानकारी दिए । यहाँ माघीमा परापुर्ब काल देखि नै ठुलो मेला लाग्ने गरेको छ । उनले भने‘विशेष त थारु जातिले नया बर्षका रुपमा लिदै आएको माघि मेलामा कैलालीका विभिन्न क्षेत्र र बर्दियाका साथै भारतका तिकुनिया,शिंघाई बाट भक्तजन तथा पर्यटक अवोलकनका लागी आउने गरेका छन ।’ माघ १ गते थारु समुदायले माघी लहानका रुपमा बर्दगोरीया धार्मिक क्षेत्रमा रहेको ताल,पोखरीमा नुहाउदै आएका छन । उनले थपे,“बर्दगोरिया धार्मिक क्षेत्रकै नामबाट बर्दगोरिया गाउँपालिकाको नामाङ्कन गरिएको हो ।”

चुरेको फेदी रहेको बर्दगोरिया गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र बर्दगोरिया धाम, पुरैना ताल, पिरुवा पिकनिक स्थलको मेलाको माध्यमबाट प्रचार प्रसार गर्ने थारुले बताए । परापूर्व काल देखीको पौराणीक महत्व वोकेको बर्दगोरिया बाबा शिव मन्दिर ,ग्वालिनी ,मनियारी , हनुमान गढी ,राम जानकी मन्दिर कन्याराजाको दरबार, साईबाबा मन्दिर, शिब मन्दिर, कुवा,तथा पिरुवा,पुरैना ताल,राम जानकी मन्दिर ,झरझरिया पिकनिक स्थल,ठाकुरद्वारा पिकनिक स्थलको पनि मेलामा प्रचार प्रसार गरिने जानकारी दिए ।

मेलामा थारु समुदायका परिकार र कला संस्कृती र मौखिकता झल्काउने भेष भुसा र ,पंचे बाजा सहितको ,झाकिहरु प्रदर्शन गरिने सास्कृतिक बर्दगोरिया विकास क्षेत्र तथा संरक्षण मञ्चका अध्यक्ष रामनारायण थारुले बताए । उनले भने ‘यहाँको कला र संकृतिको प्रवद्र्धन गर्नु पनि हाम्रो दायित्व हो ।’त्यस्तै आज बसेको बैठकले १५ जना संयोजक तोकेको छ । बजार व्यवस्थापन उप समितिको संयोजकमा जगराम थारु, स्थल उप समितिको संयोजकमा राजेन्द्र बम, स्वयंम सेवक तथा सुरक्षा उप समितिको संयोजकमा नवीन जोशी, सास्कृतिक उप समितिको संयोजकमा गोविन्द बम, खाने पानी व्यवस्थापन उप समितिको संयोजकमा गुल बदल डगौरा थारु,आर्थिक उप समितिको संयोजकमा अमर बम,अतिथि सत्कार उप समितिमा चन्द्रा देवी बम, मञ्च निर्माण उप समितिको संयोजकमा मदन ढुंगाना,प्रचार प्रसार तथा मिडिया संयोजकमा टिकाराम साउँद,पूजा उप समितिको संयोजकमा लल्तु प्रसाद डगौरा थारु, प्रार्थामीक स्वास्थ्य उप समितिको संयोजकमा र भान्सा उप समितिको संयोजकमा चुल्लु डगौरा थारु रहेका छन् । भने पार्किङ्ग व्यवस्थापन उप समितिको संयोजक र पोखरी व्यवस्थापन उप समितिको संयोजकमा र सरसफाई उप समितिको संयोजकको नाम राख्न बाँकी छ ।

बर्दगोरियामा हरेक वर्ष माघीका अवसरमा विभिन्न ठाउँबाट मेला भर्न तथा स्नान गर्न भक्तजन आउने गर्दछन् । यो दिन बर्दगोरियामा नुहाएर पूजा गर्नाले वर्षभरीको पाप काटिन्छ भन्ने जनविश्वास रही आएको छ ।

बर्दगोरीयामा माघमा लाग्ने माघी मेलाबाहेक कात्तिक, मङ्सिरमा लवाङ्गी पूजा, केदार पूजा, दसैँमा गङ्गा दशहरा, दीपावलीमा लक्ष्मी पूजा र भदौमा बोलबम कलश यात्रा हुने गरेको छ ।

करिब १८ हेक्टर क्षेत्रफल ओगटेको बर्दबाबा, कन्या राजा, रामजानकी मन्दिर, हनुमान गढी, ग्वालिन ठाकुर, मनिहारी नामका मुख्य मन्दिरका साथै दुई वटा शिवालय अग्नीकुण्ड तथा भक्तजनहरूलाई नुहाउनका लागि दुई वटा पोखरी रहेका छन् । भने फेरी अहिले बन्ने तयारीमा छन् । बर्दगोरिया परिसरभित्र देवीदेउताले पानी पिउन प्रयोग गर्ने कुवा समेत रहेको विश्वास गरिन्छ । यो ठाउँमा पुरानो राजाको दरबार रहेको समेत अनुमान गरिएको छ । पुरानो राजाको दरबार रहेको र पछि राजाले सो दरबार छोडेर गएपछि दरबार भत्कीएर रहेका ईटाहरूबाट अहिलेका मन्दिरहरू निर्माण गरिएको हुन सक्ने अनुमान गरिए तापनि यो एकिन हुन नसकेको थारुले बताए । बजार व्यवस्थापन समितिले २०६७ सालमा पहिलो पटक यस क्षेत्रलाई चिनाउँन बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव आयोजना गरेको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार