नाैलाेप्रेस डेस्क

822 Posts
प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए विश्वासको मत

प्रधानमन्त्री ‘प्रचण्ड’ ले पाए विश्वासको मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्। संविधानको धारा ७६ को उपधारा ४ अनुसार प्रचण्डले मंगलबार संसदमा विश्वासको मत लिएका हुन्। प्रधानमन्त्री प्रचण्डका पक्षमा २६८ जना सांसदले विश्वासको मत दिएका छन् भने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मात्र विपक्षमा मतदान गरेका छन्। आजको बैठकमा २७० सांसद उपस्थित थिए।  केसी र सुवालले छलफलकै क्रममा विपक्षमा मतदान दिने बताएका थिए। नेकपा (एमाले) सहित विभिन्न सात दल र स्वतन्त्र गरी १६९ जना सांसदको समर्थनमा प्रचण्ड पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था…
पुरा पढ्नुहाेस्
बर्दगोरिया- ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धि तालिम शुरु

बर्दगोरिया- ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धि तालिम शुरु

२६, पौष, बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा आठ दिने उद्यमशिलता विकास सम्बन्धि तालिम शुरु भएको छ । मंगलबार वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरीले तालिमको उद्घाटन गरेका हुन । "आर्थिक समृद्धि आधार" लघु उद्यम मार्फत स्वरोजगार" भन्ने नाराका साथ गरिवी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत उक्त सात दिने उद्यमशिलता विकास (siyb) र १ दिने लैङ्गकि समान्ता तथा समावेशी करण (GESI) ले तालीमको संचालन गर्न लागेको हो । तालिममा वडाका १४ महिला र १ पुरुष गरी जम्मा १५ जना महिलाको सहभागी रहेको छ । उक्त तालिममा महिला हरुलाई सैद्धान्तिक र व्यवहारीक तरिकाले तालिम दिइने…
पुरा पढ्नुहाेस्
ईप्रका सडकपुर बौनियाँ द्वारा बजार सरसफाई

ईप्रका सडकपुर बौनियाँ द्वारा बजार सरसफाई

कैलाली । कैलालीमा प्रहरीको सक्रियतामा बजार सरसफाइ गरिएको छ । जिल्लाको बर्दगोरिया गाउँपालिकाको मुख्य बजार सडकपुर बौनिया बजार प्रहरीको सक्रियतामा सरसफाइ गरिएको हो । मंगलवार बिहान ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाको सक्रियताम बजार चोक परिसरमा सरसफाइ गरिएको हो। बर्दगोरिया गाउँपालिकाको मुटुको रुपमा रहेको सडकपुर बजारको आज सरसफाइ गरिएको हो । बजारको सुन्दरतालाई बचाउन आफुले गरेको फोहोर आफै सफा गर्नुपर्छ भन्ने सन्देश फैलाउन सरसफाई गरिएको ईलाका प्रहरी कार्यालय सडकपुर बौनियाले जनाएको छ । सोही क्रममा जाडो बाट बच्ने उपायहरु हीटर जलाएर बस्ने तरिका कुइरो लागेको समयमा सवारी साधन कसरी चलाउने र सडक कसरी काट्ने आगो ताप्दा ध्यान दिनुपर्ने कुराहरु समेत जानकारी…
पुरा पढ्नुहाेस्
सुन चाँदीको भाउमा गिरावट

सुन चाँदीको भाउमा गिरावट

काठमाण्डाै । नेपाली बजारमा पहेलो धातु सुन चाँदीको भाउ आज केही घटेको छ । जस अनुसार आज सुनको भाउ आज तोलामा ४ सय र चाँदीकाे २५ रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ लाख ३ हजार ५ सय रुपैयाँ तोकेको छ । हिजो १ लाख ३ हजार ९ सय रुपैयाँ  थियो । यस्तै, चाँदी आज तोलामा १ हजार ३ सय ६५ रुपैयाँ छ । हिजो ताेलाकाे १ हजार ३ सय ९० रुपैयाँ थियो ।
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपात

मौसम पूर्वानुमान: तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु लागेको छ। आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि यो क्रम जारी रहनेछ । उच्च पहाडी तथा हिमाली भू(भागका हिमपात र तराईमा बाक्लो हुस्सु लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पुरा पढ्नुहाेस्
आन्तरिक उडानको भाडा मंगलबारदेखि लागू हुने गरी १० प्रतिशतले घट्यो

आन्तरिक उडानको भाडा मंगलबारदेखि लागू हुने गरी १० प्रतिशतले घट्यो

२६, पौष काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई भाडादर घटाउन पत्र पठाएको छ। मंगलबारबाटै लागू हुने गरी प्राधिकरणले सम्पूर्ण वायुसेवा कम्पनीहरूलाई पत्र पठाएको हो। नेपाल आयल निगमले आइतबार हवाई इन्धनको साविक मूल्यमा प्रतिलिटर २० रूपैयाँ ले घटाएको थियो। हवाई इन्धनको मूल्य घटेअनुसार मंगलबार आज बाट वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाउन घटाउने भएको हो । यससँगै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले नेपालमा इन्धन रिफिल गर्दा पर्ने मूल्य पनि प्रतिलिटर ३० रूपैयाँले घटेको छ। हाल प्रतिलिटर १.६४५ डलर (२१८ रूपैयाँ) पर्दै आइरहेकोमा अब भने प्रतिलिटर १.४२ डलर (१८८ रूपैयाँ) पर्ने भएको छ। जस अनुसार आन्तरिक हवाई इन्धनमा २० रूपैयाँले मुल्य घट्दा…
पुरा पढ्नुहाेस्
सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने

सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने

२६, पौष काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । पृथ्वी जयन्तीको अवसर पारेर सरकारले उक्त दिन सार्वजनिक बिदा निर्णय गरेको हो। राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिँदैछन्। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ। त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

काठमाडौं । आज संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।  नेपालको संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। जस अनुसार प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सहित १६९ सांसद्ले समर्थन गरेका थिए । विश्वासको मत लिन १३८ सांसद्को समर्थन चाहिन्छ । यता प्रधानमन्त्री प्रचण्डले साना ठुला सबै…
पुरा पढ्नुहाेस्
कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते

कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते

कञ्चनपुर । कञ्चनपुरमा आगो आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन । घाइते हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० खल्ला टोलकी अन्दाजी ७० वर्षीया पुतलीदेवी सदाशंकर रहेकी छन । उनीआफ्नै घरमा आगो ताप्ने क्रममा आज दिउँसो जलेर घाइते भएकी हुन्। आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी घाइते भएकी इलाका प्रहरी कार्यालय झलारीले जनाएको । घाइते उनको कैलाली स्थीत सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँले घट्यो

पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज राती १२ बजे बाट लागू हुने गरी मूल्य घटाएको हो । तर खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै कायम गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँका दरले घटाएको छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश: २० र ३० रुपैयाँले घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ कायम भएको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७५ रुपैयाँ कायम भएको छ । आन्तरिकतर्फ हवाई…
पुरा पढ्नुहाेस्