नाैलाेप्रेस डेस्क

822 Posts
जय महाकाली ग्रामिण बिधुतको अध्यक्षमा हिक्मत बम बिजयी

जय महाकाली ग्रामिण बिधुतको अध्यक्षमा हिक्मत बम बिजयी

बौनिया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर १ र २ मा रहेको जय महाकाली ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको नयाँ कार्य समितीको अध्यक्ष पदमा हिक्मत बम २ सय ८९ मत ल्याई निर्वाचित भएका छन । साधारण सभाबाट अध्यक्ष पदमा सहमती नजुटे पछि मतदान प्रक्रियामा जानू परेको हो । अध्यक्ष पदमा तीन कार्यकाल कार्यसमिति अध्यक्ष रहेका हिक्मत बम पुन मतदान बाट पनि चौथो कार्यकालका लागि निर्वाचित भएका छन । बमले निकटतम प्रतिस्पर्धी रहेका मदन राज ढुङ्गाना लाई ९६ मतान्तरले पराजित गरेका हुन । ढुङ्गानाले १ सय ९३ मत ल्याए भने बिजयी हिक्मत बमले २ सय ८९ मत ल्याउदा २ मत बदर…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा फस्टाउँदै आर.एन.सी.को अवैध नेटवर्किङ: करोडौंको राजस्व छली

बर्दगोरियामा फस्टाउँदै आर.एन.सी.को अवैध नेटवर्किङ: करोडौंको राजस्व छली

बर्दगोरिया । कलालीको बर्दगोरिया गाउँपालिकामा एन.आर.सी.ट्रेडिङ नाम गरेको एक नेटवर्किङ व्यवसायको कार्यालय सञ्चालनमा छ । यो केन्द्रीय कार्यालय हो भने सुदूरपश्चिमका बाकी ८ जिल्ला सहित कोहलपुर, सुर्खेत र दैलेखमा गरी थप १० वटा शाखाहरू समेत सञ्चालनमा छन् । कार्यालयका कर्मचारीहरूले दैनिक आवश्यक पर्ने बस्तुको खरिद बिक्री गरेको दाबी गर्छन् तर निश्चित मूल्य नतिरी बस्तु खरिद गर्न पाइँदैन । सामान खरिद गर्न अनिवार्य रूपमा सदस्यता लिनै पर्ने हुन्छ । उनीहरूले ५ हजार देखी २० हजार सम्मका विभिन्न स्किम राखी व्यापार गर्ने गरेका छन् । उनीहरूले बस्तु खरिद पछि आम्दानी गर्न दायाँ/बायाँ थप एक/एक जनालाई बस्तु खरिद गराउनु पर्ने बाध्यता हुन्छ ।…
पुरा पढ्नुहाेस्
अभिनेता पल शाह आज रिहा हुँदै

अभिनेता पल शाह आज रिहा हुँदै

काठमाडौं । अभिनेता पल शाह आज रिहा हुने भएका छन । जबर्जस्ती करणी अभियोगमा सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह (पल शाह) आज उच्च अदालत पोखराबाट रिहा हुने भएका हुन् । नाबालिग बलात्कार अभियोगबाट पूर्ण सफाइ पाएपछि शाह आज रिहा हुने लागेका हुन् । शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । शाहका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलमोहन वाग्लेका अनुसार आज जिल्ला कारागार तनहुँबाट उनी रिहा हुने छन् । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएको वाग्लेले बताए । शाह सोमबार रिहा भएपछि काठमाडौं आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते…
पुरा पढ्नुहाेस्
आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

आज राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । आज राष्ट्रियसभाको बैठक आज बस्दै छ ।सङ्घीय संसद्अन्तर्गत बैठक आज दिउँसो एक बजे बस्नेछ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५-७६, २०७६-७७ र २०७७-७८ को वार्षिक प्रतिवेदनको कार्यान्वयन अनुगमन मूल्याङ्कन प्रतिवेदन २०७९ सभासमक्ष पेस गर्नेछिन् । साथै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने सम्भावित कार्यसूची रहेको छ ।
पुरा पढ्नुहाेस्
कालिका ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको अध्यक्षमा देव राज स्वार निर्वाचित

कालिका ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको अध्यक्षमा देव राज स्वार निर्वाचित

बौनिया । कैलाली बर्दगोरिया गाउपालिका वडा नम्बर १ मुडामा रहेको कालिका ग्रामीण बिधुत सहकारी संस्था लिमिटेडको चौथो चुनावी साधारण सभा सनिवार सम्पन्न भएको छ । साधारण सभाले देव बहादुर स्वारलाई अध्यक्षमा सर्बसहमत बाट अध्यक्षमा निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा हेमराज चौधरी, सचिवमा जन्मदेव संज्याल, कोषाध्यक्षमा धनादेवी साउद सहित ११ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएका छन । संस्थाका अध्यक्ष पदम बुढ्थापाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बर्दगोरिया गाउपालिका वडा नम्बर १ का अध्यक्ष मिथुन गौतम रहेका थिए । संस्थाका कोषाध्यक्ष दिपेन्द्र कुमार बमको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा आर्थिक बर्ष २०७६/०७७ को जम्मा २८ लाख,३ ह्जार ९ सय ३४…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा १० दिने अचार बनाउने तालिम सम्पन्न

बर्दगोरियामा १० दिने अचार बनाउने तालिम सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा संचालित १० दिने अचार बनाउने तालिम शनिबार सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजना तथा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा गरिबी निवारणका लागि लघु उधम विकास कार्यक्रम (मेडाप) अन्तर्गत फागुन ३ गतेदेखि वडा नम्बर १ मा तालिम संचालन भएको थियोे । तालिममा वडा नम्बर १ मा रहेका विभिन्न आमा समुहमा आवद्ध १५ जना महिलाको सहभागिता रहेको थियो । तालिममा सहभागिलाई प्रशिक्षक ज्ञानेन्द्र शर्माले मासु, गुन्द्रुक, कागती ,लसुन, अदुवा, खुर्सानी, कागती लगायतका विभिन्न प्रकारका अचारहरू बनाउन प्रशिक्षण दिएका थिए । तालिम समापन समारोहमा बोल्दै वडा नम्बर १ का वडा अध्यक्ष मिथुन…
पुरा पढ्नुहाेस्
एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने

एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने

१३ फागुन, काठमाडौं । नेकपा एमालेले राष्ट्रपति निर्वाचन अगाडि सरकार नछाड्ने निर्णय गरेको छ । राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनाएको एमालेले कांग्रेसबाहेक सबै दलसँग सहयोगसमेत मागेको छ । बैठकपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङले् भने,’ २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले त्यसबेलासम्म पुस १० गतेकै सहमति अनुसाग अगाडि बढ्छौं ।’
पुरा पढ्नुहाेस्
नेकपा एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

नेकपा एमालेले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ । नेकपा एमालेले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको शनिबार बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल राष्ट्रपतिको उम्मेदवार रहेका छन् । पौडेललाई कांग्रेसले राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय आजै बसेको कार्यसम्पादन समितिको बैठकले गरेको हो।
पुरा पढ्नुहाेस्
समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो राप्रपा

समर्थन फिर्ता लिदै सरकारबाट बाहिरियो राप्रपा

१३, फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ । पार्टीको आज बिहान बसेको केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने र समर्थनसमेत फिर्ता लिने निर्णय गरेको हो । सत्ता सहकार्यमा भएको आकस्मिक परिवर्तन भई मुलुक पुन सत्ता केन्द्रित अस्थिरतातर्फ धकेलिएको भन्दै सरकारबाट बाहिरिएको राप्रपाले जनाएको छ । ‘हाल देखिएको सत्ता परिवर्तनको प्रवृत्ति र प्रक्रिया वर्तमान संविधानको संरचनमा निहित अस्थिरताको स्वभाविक चरित्र हो भन्ने हाम्रो ठहर छ,’ राप्रपाले विज्ञप्तिमा उल्लेख गरेको छ । माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको राप्रपा उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्ष राजेन्द्र लिंदेन उपप्रधान…
पुरा पढ्नुहाेस्
मोहन्याल गाउँपालिकाले गर्‍यो अर्धवार्षिक समिक्षा कार्यक्रम

मोहन्याल गाउँपालिकाले गर्‍यो अर्धवार्षिक समिक्षा कार्यक्रम

मोहन्याल । कैलालीको मोहन्याल गाउँपालिकाले अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गाउँपालिका कार्यालय खिमडीमा पालिका अध्यक्ष देविदत्त उपाध्यायको अध्यक्षतामा उक्त अर्धवार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको हो । उक्त अर्दवार्षिक समिक्षा कार्यक्रममा विभिन्न शाखाका शाखा प्रमुखहरुले आआफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा पालिकाको तर्फबाट पछिल्लो अर्दवार्षिक को आर्थिक प्रतिवेदन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गरेका थिए । सोही क्रममा उनले पालिकाले आफ्नो आन्तरिक आर्थिक श्रोत लाई कसरी बढाउने भन्ने कुरामा पालिका अध्यक्ष, उपाध्यक्ष लगाएत सम्पुर्ण जनप्रतिनिधिले विशेष ध्यानदिनु पर्ने बताए । यस्तै कार्यक्रम आफ्नो मन्तव्य प्रस्तुत गर्दै पालिका अध्यक्ष उपाध्यायले बिगतका दिनहरूमा पनि पालिकाका कर्मचारीले पालिकाको…
पुरा पढ्नुहाेस्