बर्दगोरियामा सहकारी संस्थाहरुका लागि संचालित तिनदिने तालिम सम्पन्न
बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेका सहकारी संस्थाहरुका लागि संचालित तिनदिने तालिम सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजनामा भएको तालिमको मंगलबार गाउँपालिकाका आर्थिक विकास संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यक्षतामा सम्पन्न भएको हो । तालिममा सहकारी संस्थालाई कसरी अनलाइन प्रणालीमार्फत संचालन र सेवा प्रवाह गर्न सकिन्छ ? यसको व्यवस्थापन ,पुजि परिचालन ,बचत तथा ऋण लगानी तथा गरिबी न्यूनीकरणमा - के कसरी फाइदा पुर्याउन सकिन्छ ? भन्ने बारेमा सहकारी संस्थाका संचालक, अध्यक्ष तथा प्रतिनिधिलाई जानकारी गराइएको थियो । तालिममा बर्दगोरिया गाउँपालिका भित्र संचालनमा रहेका विभिन्न ४२ ओटा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको…
















