बर्दगोरिया-४ मा ३ महिने विद्युत जडान तालिम शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा तिन महिने विद्युत जडान सम्बन्धि तालिम शुरु भएको छ ।

व्यवसायीक तथा सिप विकास तालिम केन्द्र धनगढीको सहकार्य तथा बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को आयोजनामा उक्त तिन महिने विद्युत जडान कार्य शुरु भएको हो ।

तालिमको आज (मंगलबार) वडा नम्बर ४ का वडा अध्यक्ष जगत बहादुर शाहीको अध्यक्षतामा उद्घाटन गरिएको हो ।

तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष जगत बहादुर शाहीले आफ्नो वडाका बेरोजगार युवा, युवतीलाई कसरी आत्मनिर्भर बनाई आफ्नै ठाउँमा रोजगारीको सृजना गर्ने सकिन्छ भन्ने? उद्देश्यका साथ यो तालिमको आयोजना गरेको बताए ।

यस तालिम सहभागी सबैले इमानदार पुर्वक तालिम सिक्न र त्यसलाई व्यवहारिक जिवनमा लागु गर्न समेत सहभागीहरुमा अनुरोध गर्नुभयो ।
सोही क्रममा वडा अध्यक्ष शाहीले सर्वप्रथम मानव जिवनलाई सफल पार्न नेतृत्व तथा व्यक्तित्व आवश्यक रहेको बताए । जब सम्म मानिसको नेतृत्व तथा व्यक्तित्व विकास हुँदैन तब सम्म कुनै पनि मानिस आफ्नो घर, टोल, समाज, तथा देशको बिकास गर्न सक्दैन । त्यसैले हरेक मानिसको जिवन सफल पार्न तथा आफ्नो क्षेत्र तथा ठाउँको बिकासका निम्ति उसको नेतृत्व तथा व्यक्तित्व बिकास हुन जरुरी रहेको बताए । यस्का साथै मानिस आर्थिक रुपमा पनि सम्पन्न हुन जरुरी रहेको बताए ।

सोही अनुसार आफुले आफ्नो नेतृत्व तथा व्यक्तित्व बिकासका निम्ति बौनिया जेसिजको पनि एक महत्त्वपूर्ण भुमिका रहेको बताए । यसका साथै आफुले वडाको भुमिकामा रहनु भन्दा पहिले विभिन्न संघ संस्था हरुमा आवद्ध हुदै आफ्नो नेतृत्व तथा व्यक्तित्व बिकास गरेको बताए ।

हाल संचालित तालिम वडाका २० जना युवा, युवतीको सहभागीता रहेको छन । जसमध्ये ३ जना महिला (युवती) १७ जना पुरुष (युवा) रहेका छन ।

हाल सम्म सम्पन्न भएका व्यवसायीक तालिमहरु ;-

१ पलम्बर तालिममा २० जना सहभागी
२. एल्मोनियम फेबरेकेटर तालिममा २० जना सहभागी
३. कपाल कटाई सम्बन्धि तालिम २० जना सहभागी
४. सिलाई कटाई १८ जना महिला सहभागी
५. विद्युत जडान तालिममा २० जना सहभागी

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार