राष्ट्रिय कलेज सुखडको सभापतिमा अखिल (क्रान्तिकारी) का सुन्दर गौतम

बाैनिया । स्वतन्त्र विद्यार्थी युनियन ( स्ववियु) को निर्वाचन सकिएअ सङ्गै मत परिणाम आउने क्रम जारि नै रहेको छ ।

जसमध्ये कैलाली जिल्लाका घोडाघोडी नगरपालिका सुखडमा रहेको राष्ट्रिय कलेजको मत परिणाम सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार कलेको सभापति पदमा अखिल (क्रान्तिकारी)का सुन्दर गौतम विजयी भएको छन।

गाैतम १५३ मत सहित विजयी भएका हुन । उनका प्रतिद्वन्द्वी नेवि संघका कर्णबिर कठायतलाई ४२ मतले पछि पार्दै निर्वाचित भएका हुन । उनका प्रतिद्वन्द्वी नेवि संघका कठायतलाई १११ मत ल्याएका छ्न।

यस्तै सचिवमा अखिल (क्रान्तिकारी) की सम्झाना चौधरी १२९ मत ल्याउदै बिजयि भएकि हुन । काेषाध्यक्षमा निशा चाैधरी ने.वि.संघ बाट १४० मतले विजयि भएकि छन।

यस्तै सदस्यहरू दिपेश थारू अखिल(क्रान्तिकारी) १६१, माल्ती चाैधरी अखिल(क्रान्तिकारी) १६६ , गिता चाैधरी ने.वि.संघ १७२, विस्ना कुमारी विष्ट ने.वि.संघ १४०, संगिता चाैधरी ने.वि.संघ १७१ मत प्राप्त गरेर बिजयि भएका छन।

राष्ट्रिय कलेज सुखडमा जम्मा ३७८ मत खसेको थियो भने ४ मत बदर भएको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार