बर्दगोरिया-४ मा मनोसामाजिक परामर्श सम्बन्धि २ दिने अभिमुखिकरण तालिम शुरु

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा मनोसामाजिक मरामर्श सम्बन्धि २ दिने अभिमुखिकरण तालिम शुरु भएको छ ।

शुक्रवार वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर शाहीको अध्यक्षतामा औपचारिक रुपमा तालिमको सुरुवात भएको हो ।

तालिममा वडाका ३० जनाको सहभागीता रहेको थियो । जसमा महिला स्वयंसेवीका, किशोरी समुह, युवा क्लब, बालकल्याण संघ, वडाका जनप्रतिनिधि, भलमान्सा गरि ३० जनाको सहभागीता रगेको थियो ।

बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको उक्त अभिमुखिकरण तालिम को आर्थिक सहायता बाल कल्याण संघ टिकापुरले गरेको छ ।

तालिमको प्रशिक्षण मानव अधिकार कर्मी धनराज बिकले गरिरहेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार