बर्दगोरियामा सहकारी संस्थाहरुका लागि संचालित तिनदिने तालिम सम्पन्न 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेका सहकारी संस्थाहरुका लागि संचालित तिनदिने तालिम सम्पन्न  भएको छ । बर्दगोरिया गाउँपालिकाको आयोजनामा भएको तालिमको मंगलबार गाउँपालिकाका आर्थिक विकास संयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यक्षतामा सम्पन्न भएको हो ।

तालिममा सहकारी संस्थालाई कसरी अनलाइन प्रणालीमार्फत संचालन र सेवा प्रवाह गर्न सकिन्छ ? यसको व्यवस्थापन ,पुजि परिचालन ,बचत तथा ऋण लगानी तथा गरिबी न्यूनीकरणमा – के कसरी फाइदा पुर्याउन सकिन्छ ? भन्ने बारेमा सहकारी संस्थाका संचालक, अध्यक्ष तथा प्रतिनिधिलाई जानकारी गराइएको थियो । तालिममा बर्दगोरिया गाउँपालिका भित्र संचालनमा रहेका विभिन्न ४२ ओटा सहकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । उनीहरूलाई प्रशिक्षक कृष्ण प्रसाद न्यौपाने प्रशिक्षण दिनुभएको थियो ।

तालिमको समारोहमा वडा नम्बर २ का अध्यक्ष गोविन्द विकले सहकारी संस्थाको माध्यमबाट समाजलाई आर्थिक रूपमा सबल बनाउन सकिने भएको हुँदा यसको दिगो विकास र व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।उहाँले सहकारी संस्थाहरुको संचालनकोबाट आर्थिक समृद्धिलाई गतिशील बनाउने भएकाले गरिबी घटाउन र समाजमै स्वरोजगारको बाताबरण सृजना गर्ने सफल माध्यम भएको हुँदा दिगो व्यवस्थापनमा जोड दिनुभयो ।

तालिमको समापन गर्दै पालिकाका आर्थिक विकास संयोजक रामकृष्ण डगौरा थारुले तालिममा सिकेका कुरालाई व्यवहारमा लागुगरी सहकारीको वृद्धि विकासमा ध्यानदिन आग्रह गर्नुभयो ।

उहाँले सहकारीको माध्यमबाट बचत तथा ऋण परिचालन, र यसको व्यवस्थापनबाट आयआर्जन र रोजगारी सिर्जनागर्न सकिने कुरामा जोड दिनुभयो । तालिममा सहभागीलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार