श्रीजनजागरण युवा क्लुबद्धारा प्रकाशित २०८० सालको भित्तेपात्रो बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बौनिया । श्री जनजागरण युवा क्लबले नयाँ बर्ष २०८० सालको सु- अवसरमा भित्तेपात्रो ( क्यालेन्डर ) बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार पृथ्वीपुर सामुदायिक भवनमा श्री जनजागरण युवा क्लबका अध्यक्ष कृष्ण डगौराको सभाअध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया गाउँपालिकाको उपध्यक्ष गणेशराज गिरी रहेका थिए ।

यस्तै कार्यक्रमको विशिस्ट अथितिका बर्दगोरिया गाउँ पालिकाका ६ नम्बर वडा अध्यक्ष राम कृष्ण डगौरा थारु रहेका थिए । सो अवसरमा बोल्ने वक्ताहरुले श्री जनजागरण युवा क्लबले गरेका समसामयिक हरेक कार्यहरू सराहनिय रहेको भन्दै संस्थाको प्रसंशा गरेका थिए । कार्यक्रममा श्री जनजागरण युवा क्लबलेनयाँ बर्ष २०८० सालको सु- अवसरमा प्रकाशित गरेको भित्तेपात्रो ( क्यालेन्डर ) बिमोचन गर्दै कार्यक्रमका प्रमुख अथिती गिरीले सामाजिक रुपान्तरणमा श्री जनजागरण युवा क्लबले गर्दै आएको कामहरू अग्रस्थानमा भएको भन्दै अझै यसलाई थप प्रभावकारी तथा सशक्त बनायर लैजान सुझाव दिए ।

यस्तै कार्यक्रमको विशिस्ट अथितिमा बर्दगोरिया गाउँ पालिका ६ न वडाका अध्यक्ष राम कृष्ण डगौरा अथितिमा बर्दगोरिया गाउँ पालिका ६न वडा सदस्य अमर सिह दहित ,नेहा चौधरी , धनसरा बि क पृथ्वीपुर गाउँसामाज का भल्मान्सा लहानु डगौरा, पृथ्वीपुर गाउँसामाज का सल्लाहकार मोतीराम डगौरा, काेटातुल्सिपुर ग्रामिण विद्युत सस्थाका अध्यक्ष प्यारे लाल डगौरा रहेका थिए ।

कार्यक्रममा समाजसेवी तथा बुद्धिजीवी फत्तेराम डगौरा, काेटातुल्सिपुर ग्रामिण विद्युतकाअध्यक्ष प्यारेलाल डगौरा, श्री लक्ष्मी अधारभुत विद्यलयका अध्यक्ष बिरेन्द्र कठरिया , भल्मन्सा लहानु डगौरा ,काेटातुल्सिपुर हुलाक सञ्चार कार्मी (बहिदार) बाल बहादुर चौधरी ,बर्दगिरिया गाउँपालिका ६ नम्बर वडा अध्यक्ष राम कृष्ण डगौरा थारु, ६ न वडाका सदस्य अमर दहित, नेहा चौधरी , धनशारा सुनार लगाएतले शुभकामना राखेका थिए ।

श्री जनजागरण युवा क्लबका कार्यकारी अध्यक्ष कृष्ण डगौराले स्वागत मन्तव्य राखेका थिए भने पृथ्वीपुर गाउँ समाजका बदघर (भल्मन्सा)आस्थापाठ बाचन गरेका थिए । कार्यक्रम संचालन श्री जनजागरण युवा क्लबका सचिव सागर चौधरीले गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार