बर्दगोरियामा रहेको एन बालबाटिका बिद्या मन्दिरले बिधालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्दै
बर्दगोरोया । कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर २ मा रहेको नवलपुर बालबाटिका बिद्या मन्दिरले बिधालय क्याप्टेन र उप-क्याप्टेन निर्वाचन मार्फत चयन गर्ने प्रक्रियाको सुरुवात गरेको छ । नवलपुर बालबाटिकाले नयाँ अभ्यास स्वरुप बिधालयमा निर्वाचन मार्फत बिधालय क्याप्टेन,उप-क्याप्टेन र कक्षा क्याप्टेन र उप- क्याप्टेनको चयन गर्न खोजेको हो । विद्यार्थीको मताधिकारको प्रयोग र आगामी दिनमा हुने विभिन्न निर्वाचनमा मतदान गर्न सजिलो होस भन्ने उद्देश्यले निर्वाचन प्रक्रिया गरेको बिधालयका संस्थापक प्रमोद मल्लले बताउनु भयो । बिद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तरगत मतदाता शिक्षा बारेमा प्रयोगात्मक अभ्यास गर्दै निर्वाचन प्रक्रिया बाटै क्याप्टेन र उप- क्याप्टेन चयन गर्न लागेको हो । साथै बालबाटिका बिद्या मन्दिरले प्रत्येक…

















