
सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री सिंहको गाडी दुर्घटना; दुई जनाको मृत्यु
कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको गाडी दुर्घटनामा परेको छ । गाडी दुर्घटनामा परि उनकी श्रीमती अमृतादेवी र भाउजु जानकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार धनगढीबाट बझाङ जादै गर्दा प्रदेश ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटना भएको थियो। यस्तै दुर्घटनामा घाइते भएका मन्त्री सिंहको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ। मन्त्री सिंहसहित उनका पीएसओ दीपक भण्डारी र चालक धर्मराज जोशीलाई थप उपचारका लागि हेलिकोप्टरबाट नेपालगञ्ज लगिएको छ । प्रदेश सरकारको ०१००१ झ ४८० नम्बरको मन्त्री सवार गाडी मंगलबार डडेल्धुराबाट बझाङ जाने क्रममा जयपृथ्वी राजमार्गको बागथलाको धारछडा भने स्थानमा दुर्घटना भएको हो।