
बर्दगोरिया । बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाले आफ्नो वार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ ।
सोमबार पालिकाको वडा नम्बर १ को सभा हलमा एक कार्यक्रमको आयोजना गर्दै शाखाले आफ्नो वार्षिक समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो ।
बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको अध्यक्षतामा उक्त समीक्षा गोष्ठी कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा वडा नम्बर १ देखि ६ सम्म संचालन मा रहेका स्वास्थ्य संस्थाको समग्र वार्षिक प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले गरेका थिए ।
यस्तै कार्यक्रममा स्वास्थ्य क्षेत्रमा दिनरात नभनि निस्वार्थ रुपमा सहयोग गरेको भन्दै विभिन्न स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, पत्रकार लगाएत लाई सम्मान समेत गरिएको ।
कार्यक्रमको समापन गर्दै गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरले पालिकाले शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका बिषय लाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले भने- ” जसरी आजको यो कार्यक्रमले यहाँहरुलाई सम्मान गरेको छ, त्यसको सबैले कदर गर्नु होला । यो सम्मानले तपाईंहरु लाई जुन विश्वासका साथ थप जिम्मेवारी दिएको छ त्यसलाई कसैले पनि टुट्न नदिनु होला ।”
यस्तै अध्यक्ष कुँवरले पालिकामा संचालित १५ सैया अस्पतालमा जति सक्दो छिटो स्वास्थ्य बिमा संचालक लागु गर्न स्वास्थ्य शाखा प्रमुख कैलाश रावतलाई निर्देशन दिए ।