राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा एमालेको बहिष्कार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको छ ।

बिहान साढे ८ बजे का लागि शीतल निवासमा बोलाइएको सर्वदलीय बैठकमा राष्ट्रपतिले अनावश्यक सक्रियता देखाएकाले भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले सहभागी नहुने जनाएको छ ।

 राष्ट्रपति पौडेलले संसद्को गतिरोध अन्त्यका लागि यसअघि राष्ट्रपति प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, कांग्रेस सभापति, एमाले अध्यक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग छलफल गरेका थिए ।

एमाले सचिवालयका अनुसार राष्ट्रपति भएपछि पहिलो पटक संघीय संसदमा प्रतिनिधित्व भएका सबै दलसँग छलफल लागेका हुन । राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा संसद् सुचारु गर्नेसहित समसामयिक राजनीतिक सन्दर्भमा छलफल हुनेछ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार