कस्तो रहला आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । नेपालमा मनसुनी वायुको साथै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदर  स्थानभन्दा उत्तरतिर अवस्थित रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार जसका करण सोमबार आज देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

त्यस्तै मंगलबार पनि देशभर सामान्यदेखि पूर्ण बदली  रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही र कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार