पुर्वपश्चिम राजमार्ग, महिनौं दिनअघि ढलेरको रुख विद्युतको तारमाथि, सम्बन्धित निकाय बेवास्तामा

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ को सगरमाथा सामुदायिक वन र घोडाघोडी नगरपालिकाको वडा नम्बर २ को प्रगतिशील सामुदायिक वनको सीमाजोड्ने पुर्वपश्चिम महेन्द्र राजमार्गको छेउमा रुख ढलेर विद्युतको तारमाथि अल्झिएको लामो समय वितिसक्दा पनि सम्बन्धित निकायले व्यवस्थापनको कुनै पहल गरेको गरेको छैन ।

रुख ढलेर विद्युतको तारमाथि अल्झिएको लामो समय वितिसक्दा पनि नेपाल विद्युत प्राधिकरण र सामुदायिक वनले कुनै पहल चालेको छैन जसले गर्दा दैनिक ओहोरदोहोर गर्ने यात्रुहरू ज्यान धरापमा परेको यात्रा गर्न बाध्य बनेका छ्न ।

मुख्य सडकमार्गकै छेउमा रुख ढलेर विद्युतको तारमाथि अल्झिएको महिनादिन वितिकस्दा पनि यसको व्यवस्थापनको बारेमा नेपाल विद्युत प्राधिकरण र सामुदायिक वनले कुनै वास्ता नगरेको स्थानीय बताउछ्न । रुख ढलेर जोखिम बढेको क्षेत्र बर्दगोरिया ४ को सगरमाथा सामुदायिक वनको पर्छ । तर यसबारे सामुदायिक वनले कुनै वास्ता नगरी बसेको स्थानीय बताउछ्न ।

स्थानीयकाअनुसार रुख ढलेर विधुतको तारमा अल्झिएको महिनौ दिन भइसकेको छ । तर सम्बन्धित निकायबाट यसको व्यवस्थापनको कुनै पहल गरेको पाइदैन । रुख ढलेर जोखिम बढेपछि भने प्राधिकरणले विधुत कटौती गरि अर्को लाइनबाट सेवा प्रवाह गरिरहेको स्थानीय बताउँछन् । तर तारमा अल्झिएको रुख व्यवस्थापनको बारेमा विधुत र सामुदायिक वनले कुनै पहल गरेको देखिदैन । जसका कारण वर्षातको समयमा विधुतको पोल ढ्ल्ने, तार चुडिने र सडकमा आवातजावत गर्नेमाथि दुर्घटनाको जोखिम बढाएको छ ।

रुख ढलेर तारमा अल्झिएको धेरै दिन बितिसकेका छ्न स्थानीय भन्छ्न वर्षातको समय छ । कतिबेला पोल ढ्ल्ने हो वा तार चुडिएर सडकमा हिड्ने यात्रु, सवारीसाधन माथि खस्ने हो । यसले ठूलो जोखिम निम्त्याउन सक्छ, सम्बन्धित निकायको छिटोभन्दा छिटो ध्यान जाओस ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार