मोहन्यालमा जनश्रमदान मार्फत तटबन्धन कार्य हुदैछ, पालिका अध्यक्ष उपाध्याय

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ४ खिमडीमा जनश्रमदान मार्फत नदी तटबन्धनको काम शुरु भएको छ ।

वर्षातमा आएको बाढीका कारण खिमडी स्थित ठुलीगाडको कटान बाट बस्ती जोखिममा परेपछि जनश्रमदान मार्फत नदी तटबन्धको कार्य शुरु भएको हो ।

बाढीका कारण बस्ती जोखिममा परेपछि तत्कालका लागि वस्ती जोखिम बाट बचाउनका लागि जनश्रमदान मार्फत तटबन्धको कार्य शुरु गरेको मोहन्याल गाउँपालिका अध्यक्ष देविदत्त उपाध्यायले जानकारी दिए।

उनले भने- ‘उक्त तटबन्धका लागि आवश्यक पर्ने ग्याबिन जाली गाउँपालिकले व्यवस्थापन गर्ने भनेको छ । तटबन्ध कार्य सोही स्थानका स्थानीय वासीको जनश्रमदान मार्फत हुँदै छ । यो तटबन्ध अहिले वस्ती जोखिममा बाट बचाउनको लागि बनाएको हो । तर उक्त बस्तीलाई नदि कटानको जोखिम बाट बचाउनका लागि चालु आर्थिक वर्षको मंसिर सम्ममा तटबन्धका लागि केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिका सरकारको साझेदारीमा ३ करोड बराबरको ठेक्का खुल्ने छ ।’

उक्त तटबन्ध तत्कालका लागि ५० मिटर सम्म हुने भएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार