बर्दगोरिया ५ द्धारा सडक छेउछाउमा निमार्ण सामाग्री नराख्न तथा पशुचौपाया नवाँध्न अनुरोध

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ ले सडक छेउछाउमा भवन निमार्ण सामाग्री नथुर्पान तथा पशुचौपाया नवाँध्न अनुरोध गरेको छ ।

वडाले आज एक सुचना सार्वजनीक गर्दै वडा भित्रका सडक छेउछाउमा ढुङ्गा ,बालुवा नथुपार्न, घरपालुवा पशुचौपाया नबाध्न तथा नालमा फलफुल, तरकारी खेती नग्रन अनुरोध गरेको हो ।

वडा अध्यक्ष भोलेराम चौधरीले साघुरो सडक भएका कारण सडक छेउछाउमा भवन निमार्ण सामाग्री तथा पशुचौपाया वाँध्नाले सडक दुर्घटनाको जोखिम बढदै गएको बताए । उनले भने सडक दुर्घटना न्यूनिकरण गर्दै सुन्दर वडा बनाउन आफुले वडावासीहरुलाई एक सुचना मार्फत जानकारी दिएको बताए । उनले भने उक्त सुचनाको यदि कसैले अटेर गरि वेवास्ता गरेमा वडा कार्यालयले कानुन कानुन बमोजिम कार्बाही गरिने छ ।

साथै बर्षातको समयमा सडक छेउछाउमा अन्नबाली र तरकारी बाली रोप्ने कार्यले सवारी साधन आवगमनमा समस्या सिर्जना हुने, र सडक छेउछाउ भत्किनुका साथै दुर्घटनाको जोखिम समेत रहने हुँदा अब उपरान्त त्यस्तो कार्य नगर्न नगराउन समेत सुचनामा उल्लेख गरिएको छ ।

यस्तै वडा अध्यक्ष चौधरीले वडावासीहरुलाई आआफ्नो घर अगाडिका नाला थुनिएको पाईएमा सरसफाई गरि सहयोग गर्न समेत अपिल समेत गरेका छन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार