मानसिक सवास्थ्यको उपचारपछि खुसीभए साहारा घरका असहायहरु

धनराज विक / असार २८ बौनिया

घरनिकाला गरी जबरजस्ती सडकमा पुगार्ईएका असहायहरुको आश्रय स्थल बनेको छ बर्दगोरियामा रहेको साहारा घर । खुसी खोसिएका रहर लुटिएका असहाय मानसिक रोगका बिरामीहरुको अवस्था हेर्दा सबैको मन भाबुक बनेर आउँछ । साहारा घरका सेवकहरुले मानसिक असन्तुलन गुमाई असहाय भएर सडकमा जथाभावी हिड्नेहरुको उद्धार नगरेको भए उनीहरुको जीवन कस्तो हुन्थ्यो होला ? साहारा घरमा जाने जोकोहीको मनमा यस्तै अनगिन्ती प्रश्नहरु खेल्ने गर्छ ।

कडा खालको मानसिक समस्या भोग्दै आएका असहायहरुको असमान्य व्यवहारलाई हाँसीहाँसी साहारा घरका सेवकहरुले खुसीका साथ स्वीकार्दै आएकाछन् । माया नपाएकाहरुलाई हामीले माया नगरे कसले माया गर्छ ? भन्ने सोचका साथ परिवारका सदस्य जस्तै मानवीय व्यवहार गर्दै आएको दृश्य देख्दा साहारा घर पुग्ने जोसुकैको मन भावुक भएर आउँछ । साहारा घरका सेवक बलहादुर बिष्टको सेवाभावको कामले मनैदेखि उनीप्रति सम्मानभाव जागेर आउँछ ।

असार २८ गते बिहान बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेराज गिरी, वडा नम्बर २ का वडा अध्यक्ष गोबिन्द्र बिक, मानसिक रोग विशेषज्ञ डाक्टर अभिलासा गिरी, लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामा कार्यरत मनोसामाजिक सुपरभाईजर एभन श्रेष्ठ र मनोसामाजिक परामर्शकर्ता धनराज विक र बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नृप बिष्ट मानसिक रोग विशेषज्ञ सहित औषधि लिएर पुगेका थिए ।

साथमा २ नम्बर वडा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख पुष्पराज खतिवडा, पत्रकार चन्द्रप्रसाद खनाल र भिम बिसीपनि गएका थिए । त्यहाँ पुग्दा गोलघेरामा सहारा घरका सेवक र असहाय मानसिक रोगका बिरामीहरु उपचारको प्रतीक्षा गरेर बसिरहेका थिए । हामीहरु पुग्ने बित्तिकै साहार घर व्यवस्थापनमा काम गर्दै आएका सेवकहरुले फुलको गुच्छाले स्वागत गरेका थिए ।

स्वीस विकास सहयोग, नर्वेजिएन दुताबास र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष यूएनएफपिएको सहयोगमा आइपास सीएमसी नेपाल लगायत साझेदारी संस्थाको सहकार्यमा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्र्तरगत बिहिबार साहारा घरमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवादिन औषधि सहित डाक्टरको टोली पुगेको हो ।

साहारा घरका संचालक बलबहादर बिष्टले मानसिक समस्या भोग्दै आएकाहरुको अवस्थाको बारेमा कताउँदै गर्दा टेबलमा औषधी मिलाएर राख्ने काम भएको थियो । औषधि र बिपी जाँच्ने सामाग्री देखेपछि मानसिक रोगका बिरामीहरु स्वास्थ्य चेकजाँच गर्न उत्साही भईरहेका थिए । यसैबीचमा औपचारिक उद्घाटन समारोह कार्यक्रम सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता धनराज विकले सुरु गरे ।

औपचारिक कार्यक्रमको समापनपछि डाक्टर गिरीले स्वास्थ्य सेवादिन सुरु गरिन् । सबैभन्दा पहिले धनगढी घरभएका साहारा घरमा कमाण्डर नामले परिचित सेवाग्राहीले सेवा लिए । उनलाई कडा खालको मानसिक रोग देखियो । स्वास्थ्य चेकजाँच गरेर डाक्टरले औषधि दिएपछि कमाण्डर खुसी हँदै मुस्कुराए । औषधी खाएपछि आफूलाई निकोहुने विश्वास उनले गरेकाछन् ।

दार्चुला घर भएकी माया धामीको काखमा दुधखाने बच्चा थियो । उपचार गर्ने बेलामा आफ्नो विगत सम्झेर उनी आँशु झारेर लामो समयसम्म रोहिन् । धामीलाई पनि कडा खालको मानसिक रोग देखिएको थियो । आफ्नो मनका कुरा भन्न र उपचार सेवा पाउदा मन खुसी र शान्त भएको धामीले बताईन् । उपचार लिने सबै असहायहरु खुसी देखिएका थिए । साहारा घरका ६३ जनाले मानसिक स्वास्थ्य सेवा लिएकाछन् । धेरैमा कडा खालको र दृघकालीन समस्या देखिएको छ । करिब १५ जना नियमित औषधिको प्रयोगपछि घर जानसक्ने अवस्थामा रहेको डाक्टर अभिलासा गरिले बताईन् ।

साहारा घरका संचालक बलबहादुर बिष्टले नेपाल सरकारबाट निशुल्क पाईने मानसिक रोगको औषधि पनि खुवाउन नसकिएको दुःखेसो सुनाए । औषधिका लागि धेरै सास्ती भोग्नु प¥यो तरपनि औषधि नपाएको उनले बताए । युएनएफपिए, आईपास र सीएमसी नेपालले साहारा घरमै आएर मानसिक रोगको उपचार गरेकोमा खुसी हुँदै सहयोगको अपेक्षा सहित बिष्टले धन्यवाद् समेत व्यक्त गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणशेराज गिरीले असहायहरुको सेवामा साहारा घरले धेरै राम्रो काम गरेको बताए । मानसिक रोगको औषधि र आवश्यक सहयोगको व्यवस्था स्थानीय सरकारले गर्ने उनले बताए । मानव सेवाको काममा सबै लाग्नुपर्ने भन्दै मानसिक स्वास्थ्य सेवा दिने संस्थाको कामको गिरीले प्रशंसा गरे । सरकार र गैरसरकारी संघसंस्था मिलेर कामगर्दा समाजमा परिवर्तन देखिने गरी काम गर्न सकिनेमा उनले जोडदिए । कार्यक्रमका अध्यक्ष एवम् वडा नम्बर २ का वडा अध्यक्ष गोविन्द्र बिकले मानसिक रोगको औषधि उपारले ठूलो सहयोग पुगेको बताए ।

बर्दगोरिया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नृप बिष्टले मानसिक रोगका बिरामीको लागि औषधि निकै महत्वपूर्ण रहेको बताए । औषधि सहित मनोचिकित्सक डाक्टर ल्याएर उपचार गरेकोमा आफूलाई खुसी लागेको भन्दै मानसिक रोगको औषधि अबदेख स्वास्थ्य शाखाबाट पहल गरेर उपलब्ध गराउने उनले बताए । मानसिक रोग विशेषज्ञ डाक्टर अभिलासा गिरीले सदूरपश्चिममा म एउटा मात्र टीकापुर अस्पतालमा सेवारत छु । यसबाट थाहा हुन्छकी मानसिक स्वास्थ्यमा सुदूरपश्चिम कति पछाडी छ भन्ने । अस्पतालमा पनि मानसिक स्वास्थ्य सेवा लिन धेरै बिरामीहरु आउने गरेको अनुभव उनले सुनाईन् । मानसिक सवास्थ्य सेवाको औचित्यमाथि सीएमसी नेपालका मनोसामाजिक सुपरभाईजर एभन श्रेष्ठले प्रकाश पारेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार