जन्मउत्सवमा डा. मुकेशले गरे असहायलाई आर्थिक सहयोग

बर्दगोरिया । सेती प्रादेशिक अस्पतालमा कार्यरत डाक्टर मुकेश विश्वकर्माले असहायलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मउत्सव मनाएकाछन् । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बर्दगोरिमा रहेको साहारा घरमा बस्दै आएका असहायलाई नगद १५ हजार आर्थिक सहयोग गरेर आफ्नो जन्मउत्सव मनाएकाहुन् ।

आधुनिक समाजमा मानिसहरु फजुल खर्च गरेर महंगा होटेलमा जन्मउत्सव मनाई रहेकाछन् । साहारा घरमा बसेका असहायहरु साँझ बिहानको खाना के खाने भन्ने चिन्तामा छन् । उहाँहरुको खानामा सामान्य सहयोग होस् भनेर आफूले साहारा घरमा जन्मउत्व मनाएको डाक्टरले बताए ।

साहारा घरका संचालक बलबहादुर बिष्टको मानव सेवाको डाक्टर मुकेशले दिल खोलेर प्रशंसा गरे । असहायहरुको व्यवस्थानमा खटिएका सेवकहरुलाई उनले धन्यवाद् दिए । घरपरिवार र समाजबाट तिरस्कार गरेर मानसिक असन्तुलन गुमाई सडकमा आउन बाध्य भएका व्यक्तिहरुलाई उद्धार गरेर साहारा घरमा स्याहार सुसारको कामगर्न निकै चुनौतीपूर्ण रहेको उनले बताए ।

असहायको सेवामा खटिएका सेवकहरुलाई सुरक्षा चुनौती रहेको मैले पाए । मनोचिकत्सक र मानसिक रोगको औषधी उनीहरुको लागि अति आवश्यक रहेकोले सरकारले औषधी उपचारमा सहयोग गर्नुपर्नेमा डाक्टरले जोड दिए । पेशागत र व्यक्तिगत रुपमा साहारा घरलाई सहयोग गर्न जतिबेला पनि आफू तयार रहेको उनले बताए ।

जन्मउत्सव लगायतका सामाजिक कार्यगर्न साहारा घर पवित्र स्थानका रुपमा लिन सकिन्छ । असहायको एक गासको लागि भएपनि जन्मउत्सव लगायतका कार्यक्रममा गरिने फजुल खर्च साहारा घरमा सहयोग गरेर मानवीय सेवाको काम गर्न सबैलाई डाक्टरले अनुरोध गरेकाछन् । मान्छेले मान्छेलाई मानवीय व्यवहार नगरेसम्म सभ्यसमाज बन्न नसक्ने भएकोले मनावीय व्यवहार सबैले गर्नुपर्ने उनी बताउँछन् ।

छोरा मुकेश विश्वकर्माले जन्मउत्सव साहारा घरमा मनाउने भनेपछि हामीसबै परिवार संगै आएका छौं । छोरोको मानव सेवाको विचार देखेर खुसी लागेको बुवा गोपालसिंह बिकले बताए । दिदी बिष्ना बिसी सपनाले राज्यले गर्नुपर्ने काम साहारा घरमा व्यक्तिले गरी रहेकाछन् । नागरिकको गास बास कपास र स्वास्थ्य सुरक्षाको व्यवस्था गर्ने दायित्व राज्यको भएकोले राज्यले आफ्नो दायित्व पूरा गर्नुपर्ने उनले बताईन् । भाइको जन्मउत्सवमा सानो सहयोग गर्न पाउँदा खुसी लागेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार