डोटीमा घर भत्किँदा च्यापिएर एक महिलाको मृत्यु

२३ असार, । डोटीमा शुक्रबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मालासी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रहरी अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो ।

घटना लगल्तै प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकालीको जिल्ला प्रहरी कार्यालय डोटी ले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार