बर्दगोरियामा अनलाइन प्रणाली मार्फत राजस्व संकलन; यस्तो छ तिर्ने तरिका

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले अनलाइन प्रणालीबाट राजस्व संकलनको कार्य सुरु गरिएको जनाएको छ । यो सेवा सुरु भएसँगै अब जुनसुकै स्थानबाट पनि अनलाइनमार्फत राजस्व बुझाउन सकिने छ । पालिकाले राजस्व संक्लनको कार्यलाई छिटो छरितो र सरल बनाउन डिजिटल प्रविधिको माध्यम अपनाएको हो ।

गाउँपालिले मंगलबार सूचना जारी गर्दै अबदेखि सम्पती कर अनलाईन भुक्तानी प्रणाली संचालन भएको जनाएको छ । जसका लागि विस्वका जुनसुकै कुनाबाट पनि इसेवा (esewa ) मार्फत कर भुक्तानी गर्न सकने जनाएको छ ।

करदाता पोर्टल लिङ्क: https://eservice.bardgoriyamun.gov.np/लगइन तथा प्रयोगकर्ता बनाउनको लागी नमुना भिडियो लिङ्क : https://bit.ly/video_demo_tax_eservice

कर भुक्तान गर्नका लागि माथि उल्लेखित तीन वटा पोर्टल प्रयोग गर्न सकिनेछ ।

पालिकाले सम्पति कर, घर बहाल कर, व्यवसाय कर लगायतका राजस्वलाई जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै तिर्न सक्ने व्यवस्था मिलाएको हो । योसँगै स्थानीय तहलाई बुझाउनु पर्ने राजस्व तिर्न कार्यालय धाउनु नपर्ने भएको छ । राजस्व तिर्नका लागि लाइन लाग्नुपर्ने बाध्यता अन्त्य गर्न पालिकाले अनलाइनबाटै राजस्व तिर्न मिल्ने व्यवस्था मिलाएको जनाएको छ ।

कर तिर्न लाइन बस्नैपर्ने र कार्यालय धाउनुपर्ने परम्परागत शैलीलाई प्रविधिले प्रतिस्थापन गर्दा करदाताहरु सहज हुने अपेक्षा गरिएको छ । अनलाइन माध्यमबाट कर निर्धारण र संकलन गर्न सकिने भएपछि दैनिक छिटो र सहज तरिकाले राजस्व संकलनको आँकडा थाहा हुनेछ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार