सडकपुर बौनिया युवा क्लब (बि) १-० गोलले पराजित; आर्मी फाइनलमा प्रवेश

बर्दगोरिया । सडकपुर बौनिया युवा क्लब (बि) लाई १-० ले पराजित गर्दै नेपाल आर्मीको देविदल गण (तेघरी) पाचौं बर्दगोरिया सेती लोकमार्ग खुल्ला राष्ट्र ब्यापी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको सेमिफाइनल खेलको पहिलो हाफमा सडकपुर बौनिया युवा क्ल्व (बि) लाई आर्मीले १ गोल गर्न सक्यो । निकै प्रतिस्पर्धात्मक भएको खेलको दोस्रो हाफमा दुबै टीमबाट कुनै गोल हुन सकेन ।

आर्मीसङ्ग १ -० ले पराजित भएसङ्गै सडकपुर बौनिया युवा क्ल्बको फाइनलमा उपाधी भिडन्त गर्ने सपना सकिएको छ । यसअघि आयोजकै समूह (ए) टिम पनि बाहिरी सकेको छ ।

सडकपुर बौनिया युवा क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शनिबार हुने सेमिफाइनल खेलमा कोहलपुरको राइजिङ सहारा क्ल्व र ब्वाइज युनियन लम्की भिड्ने छ्न ।

प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख २५ ह्जार सहित ट्रफी ,मेडल र प्रमाणपत्र साथै दोस्रो हुने टिमले नगद १ लाख १५ ह्जार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यसैगरी ब्यक्तिगत बिद्यातर्फ उत्कृष्ट खेलाडीले नगद १५ ह्जार प्राप्त गर्दा,उत्कृष्ट डिफेन्स्क,उत्कृष्ट गोल रक्षक, उदयिमान खेलाडी र सर्बाधिक गोल कर्ता ले नगद १०/१० ह्जार प्राप्त गर्ने छन ।

प्रतियोगिता कार्तिक ६ गतेसम्म चल्नेछ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार