श्री शुभशान्ती महिला समिति बेलुवाले मनायो तिज विशेष कार्यक्रम २०७९

१४, भाद्र २०७९ बर्दगोरिया (कैलाली) ।  कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ रहेको श्री शुभशान्ती महिला विकास समितिले हरितालिका तिज विशेष कार्यक्रम मनाएको छ । 

मंगलबार पर्न गएको हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा वडा नम्बर ५ बेलुका गाउँमा रहेको श्री शुभशान्ती महिला समुहले तिज विशेष कार्यक्रम २०७९ मनाएको हो । 

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै चौधरीले हरितालिका तिजको अवसरमा श्री शुभशान्ती महिला समूहले आयोजना गरेको कार्यक्रमको प्रशासन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो ।

उनले भने यस्ता कार्यक्रमले आफ्नो कला संस्कृति बचाउन सहयोग मिल्ने बताए । तर पछिल्लो समय कला संस्कृतिको नाममा बाहिरी संस्कार लाई पहिलो प्राथमिक दिएको पाईएको छ । आफ्ना अमुल्य चाड पर्वमा बाहिरी संस्कारलाई प्राथमिकता नदिई आफ्नो परम्परागत शैलीमा मौलिक रुपमा आफ्ना कला संस्कृति लाई निरन्तरता दिन समेत अनुरोध गरे । उनले भने हाम्रो कला संस्कृति हाम्रो पहिचान हो त्यसैले हामीले हाम्रा परम्पराले मनाउदै आएको कला संस्कृतिलाई आफ्नै परम्परागत रुपमा मनाउनु पर्छ ।  

यस्तै कार्यक्रममा विशिष्ट अतिथि अमर कठरियाले आआफ्नो कला संस्कृति लाई आफ्नै परम्परागत सैलीमा मनाउनु पर्ने बताए । यस्तै उनले जोडे पछिल्लो समय चाड पर्वमा अर्काको देखासिकी गरि मनाउने प्रचलन रहेको हुँदा यस्ता क्रियाकलापको अन्य गर्दै आफ्नो क्षेमता अनुसार चाड पर्व मनाउन अनुरोध गरे । सोही क्रममा उनले जोडे अनावश्यक तडक भडक नगरी आफ्नो आफ्नै शैलीमा मनाउन समेत अनुरोध गर्नु भयो । 

समूहका अध्यक्ष लक्ष्मी पाण्डे आज पर्न गएको महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा सम्पुर्णमा आपसी मेलमिलाप, तथा प्रेम सद्भाव कायम रहोस भन्दै एक आपस शुभकामना आदन प्रदान गर्नुका साथै परम्परागत रुपमा मनाउदै आएको तिज लाई निरन्तरता दिनको लागि कार्यक्रमको आयोजना गरेको बताए ।

गिता कार्कीको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन समुहकी सचीव ललिता बोहराले संचालन गरेकी हुन ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार