१२, भाद्र २०७९, लम्की (कैलाली) । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ मा शनिबार वडा स्तरीय खुल्ला एकल तिज नृत्य प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
“महिला एकता आजको आवश्यकता, हरेक निकायमा महिला समानुपातिक सहभागिता“ कला, सस्कृति र साहित्यको जगेर्ना गारौं भन्ने मुल नाराका साथ शनिबार वडा स्तरिय खुल्ला एकल तिज नृत्य प्रतियोगिता कार्यक्रम भएको हो ।
लम्की चुहा नगरपालिका वडा नं ६ को आयोजनामा शनिबार उक्त वडा स्तरिय खुल्ला एकल तिज नृत्य प्रतियोगिता सम्पन्न भएको हो । कार्यपालिका सदस्य दिपा देवी रावतको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी लम्की चुहा नगरपालिका नगरप्रमुख शुशिला शाही रहेनु भएको थियो।। । । ।
प्रमुख अतिथीको आशन बाट बोल्दै नगरप्रमुख शाहीले तिज भनेको नारिहरुको एक ठूलो पर्व रहेको बताईन । हरितालिका तिजले टाढा रहेका चेलीबेटी लाई नजिक ल्याउने र वर्षभरीका आफ्ना मनका पीडा गित माफर्त खोल्नुका साथै आपसमा दुख सुख साटासाट गर्ने पर्व रहेको बताईन । पहिले पहिले यस पर्वलाई सबैले आआफ्नो मौलिक तरिकाले मनाउने भएपनि समय परिवर्तन सङ्गै अहिले ठाउँमा अनुसार फरक फरक तरिकाले मनाउने गरेको बताईन ।
उनले भनिन्न चाड पर्व एक परम्परा हो । यसलाई बचाउनु हाम्रो कर्तव्य हो । तर चाड पर्वकै नाममा अर्काको देखासिखी गरि अनावश्यक खर्चिलो र भड्किलो गर्न नहुने बताईन । सोहि क्रममा हरितालिका तीज लाई पनि धेरै खर्चिलो र भड्किलो तरिकाले नमनाउन आग्रह गरिन । तिज मनाउन महँगो कपडा, महँगो सुनका गहना चाहिन्छ भन्ने होइन यसलाई मनाउन मानिस आफू जे मा छ, आफ्नो अवस्था जस्तो छ त्यहीमा पनि मनाउन सकिने बताउदै तीजलाई हर्षोउल्लासका साथ मनाउ“ आफु संग जे छ त्यसैमा रमाउ“ मा जोड दिइन ।
यस्तै विशिष्ट अतिथी लम्की चुहा नगर उपप्रमुख जुना देवी चौधरीले आफ्नो क्षमता अनुरुप आफुखुसी हुनेगरी मात्र चाडपर्ब मनाउन आग्रह गर्नुभयो । तिज तड्किलो र भड्किलो गर्ने चाड नभई नारिहरुबिच एक आपसमा माया, सद्भाव, आपसी मेलमिलाप, बर्ष भरका दु:ख सुख साटासाट गर्ने पर्व रहेको बताईन ।
कार्यक्रममा वडा न ६ का अध्यक्ष लोकेन्द्र कठायत, वडा न ५ का अध्यक्ष माया बिष्ट, लालिगुरास ग्रामिण विद्युत सहकारी सस्थाका अध्यक्ष जुग राम चौधरी, चुहा रेडक्रस सोसाइटी प्रतिनिधी कल्पना रावत लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको सहभागिता रहेको थियो ।
यस्तै वडा स्तरिय खुल्ला एकल तिज नृत्य प्रतियोगिता कार्यक्रममा प्रथम लक्ष्मी चलाउने भएकी थिईन । प्रथम स्थान हासिल गर्ने लक्ष्मी चलाउनेले नगद रु ५ हजार रुपैयाँ प्राप्त गर्न सफल भएकी हुन । यस्तै दोश्रो हुने चांदनी बिष्टले ३ हजार र तृतिय हुने पल्लबी बि सि ले १ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।