काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशाला ३८३३ जनामा गरिएको नमूना परीक्षणपछि २०२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सो समयावधिमा ४६२ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले देशभर ३ हजार ३ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।