कैलालीको लम्कीचुहामा नावालिका माथी जवरजस्ती गरेको आरोपमा एक वृद्ध पक्राउ

लम्की कैलाली । कैलालीको लम्की चुहा नगरपालिकामा नावालिका माथी जवरजस्ती आरोपमा एक वृद्ध पक्राउ परेका छन ।

पक्राउ पर्नेमा नगरपालिकाको वडा नम्बर ८ वस्ने वर्ष ६२ का गणेश सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ ।

उनलाई २ जना नावालिका माथी जवरजस्ती करणि गरेको आरोपमा पकाउ गरेको इलाका प्रहरी कार्यालय लम्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार गत साउन ३१ गते ७ र ९ वर्षीया २ नावालिका हरुलाई जवरजस्ती करणी गरेको जाहेरी पश्चात उनलाई पक्राउ गरिएको हो ।

उनलाई अदालत बाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार