सहयोगी बेलुवा युवा क्लबको आयोजनामा बर्दगोरियामा घैटाफोड कार्यक्रम सम्पन्न

३, भाद्र २०७९ बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकामा श्री कृष्ण जन्म अष्टमीको अवसरमा घैटाफोड कार्यक्रम सम्पन्न भएको छ ।              

पालिकाको वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लब को आयोजनामा शुक्रबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।

क्लबका अध्यक्ष महेश रावलको सभापतित्व मा भएको कार्यक्रमको प्रमुख अथिती बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहनु भएको थियो ।

प्रमुख अथिती चौधरीले क्लबले यस्ता काम गरेर आफ्नो कला सास्कृती को जगेर्ना गरेको बताए । पछिल्लो समय बिदेशी सस्कार भित्री रहेको अवस्थामा यस्ता कार्यक्रम ले हाम्रो कला सास्कृति को जगेर्ना हुने बताए । आफ्नो परम्परागत कला सस्कृती बचाउने कार्यमा वडा को र आफ्नो व्यक्तिगत तर्फ बाट हुने सम्पुर्ण सहयोग गर्ने बताए ।

यस्तै कार्यक्रममा विशिष्ट अथिती बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ स्थित कैलाली ज्ञ्यान जोति बोर्डिङ स्कुलका संस्थापक सालिमान बोहरा रहेका थिए । कार्यक्रममा बोल्दै विशिष्ट अथिती बोहराले क्लबले गरेको कार्यलाई प्रशन्सा योग्य काम रहेको बताए । मानिसहरू अहिले आफ्नो कला सास्कृती बिर्सेर बाहिरी कला सास्कृती मा आक्रसित भइरहेको बेला यस्ता कार्यक्रमले आफ्नो कला सास्कृती जोगिने बताए । यस्ता कार्यमा आफुले बिगतका दिनमा पनि सहयोग गरेको बताउदै आउदो दिनहरुमा पनि सहयोग गर्ने बताए ।

कार्यक्रममा भुई मट्को फोड, कुर्सी दौड र देउडा खेल को प्रस्तुति रहेको थियो।

म्युजिकल चेयर जुन महिलाहरुका लागि मात्र सञ्चालन गरीएको थियो । जस्को पुरस्कार १ हजर ५५ रुपैयाँ रहेको थियो । जसको बिजेता जल्सरी थापा रहेकी हुन ।

भुइ मट्का फोड मा भने २ हजार ५५ रुपैयाँ रहेको थियो । जसको बिजेता बिकास खनाल भएका हुन । उनले २ हजार ५५ रुपैयाँ पुरस्कार हात पारेका हुन ।

कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष रावलले आफ्नो कला सास्कृती को जगेर्ना गर्नु को साथै आफ्नै गाउँ ठाउँमा रमाइलो गराउने उद्देश्यले उक्त घैटाफोड कार्यक्रमको आयोजना गरेको बताए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार