सुदुरपश्चिम विशेष

नेकपा (माओवादी केन्द्र) बर्दगोरियाकि तेस्रो अधिबेशन सम्पन्न; अध्यक्षमा रन्जित 

नेकपा (माओवादी केन्द्र) बर्दगोरियाकि तेस्रो अधिबेशन सम्पन्न; अध्यक्षमा रन्जित 

बर्दगोरिया । नेकपा माओवादी केन्द्र बर्दगोरिया गाउँपालिकाको तेस्रो अधिबेशन सम्पन्न भएको छ । अधिवेशन बाट राम कृष्ण डगौरा थारु ( रन्जित) पालिका पार्टी अध्यक्षमा निर्वाचित भएक छ  । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा भेखु चौधरी, उपाध्यक्षमा लाल बहादुर बिक, बाधुराम चौधरी सचीवमा भेषराज जोसी, सह-सचीवमा सुन्दर गौतम, कोषाध्यक्षमा चन्द्रा बिक,सहित ४१ सदस्यीय कमिटी  निर्वाचित भएका भएका हुन । नव निर्वाचित कमिटीलाई सोमबार पार्टीका केन्द्रिय सदस्य लाल बहादुर सोडारी (दर्शन) प्रमुख आथित्यमा भएको कार्यक्रम पद तथा गोपनियताको सफल ग्रहण गराइएको हो । कार्यक्रममा निवर्तमान अध्यक्ष राम बहादुर साउद (आएम) ले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश…
पुरा पढ्नुहाेस्
वार्षिक पुण्य तिथिमा सहारा घरमा न्यानो कपडा वितरण 

वार्षिक पुण्य तिथिमा सहारा घरमा न्यानो कपडा वितरण 

बर्दगोरिया । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर १० निवासी धिरेन्द्र कार्कीले जिल्लाको बर्दगोरीया गाउँपालिका वडा नम्बर २ मा रहेको असायका लागि सहयोगी हातहरु नेपाल सहारा घरमा न्यानो कपडा कम्बल वितरण गरेका छन ।   कार्कीले आफ्नी ममता मय स्वार्गिय आमा को वर्षिक पुण्य: तिथिको अवसरमा साहारा घरमा पुगि २० थान कम्बल वितरण गरेका हुन ।
पुरा पढ्नुहाेस्
श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन शिलान्यास 

श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन शिलान्यास 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको श्री मोति भागिरथी आधारभूत विद्यालयको तीन कोठे पक्की भवन निर्माण हुने भएको छ । विल्डअन नेपाल, बर्दगोरिया गाउँपालिका र मोति भागिरथी आधारभूत विद्यालयको त्रिपक्षीय साझेदारीमा विद्यालयको तीन कोठे पक्की भवनसहित दुई कोठे पक्की शौचालय बन्ने भएको हो । सो विद्यालयमा निर्माण हुने पक्की भवनको शुक्रबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले शिलान्यास गर्नुभएको छ । विद्यालयको पक्की भवनको शिलान्यास भएसँगै निर्माण कार्य सुरु भएको विद्यालयका प्रधानाध्यापक टेक बहादुर बमले बताउनुभयो । विद्यार्थीहरुको पठनपाठनमा सजिलो होस् भनेर भवन निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । तीन कोठे विद्यालय भवनको शिलान्यास गर्दै पालिका…
पुरा पढ्नुहाेस्
बर्दगोरिया ६ मा माघ १ देखि ५ सम्म माघी मेला लाग्दै 

बर्दगोरिया ६ मा माघ १ देखि ५ सम्म माघी मेला लाग्दै 

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा दोश्रो माघी मेला सञ्चालन हुने भएको छ । धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण सम्वर्द्धन, कृषि हस्तकला ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन भन्ने मूल नारा सहित संस्कृति प्रवर्द्धन तथा दोश्रो माघी मेला २०८१ सञ्चालन हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । यस क्षेत्रमा रहेको धार्मिक तथा पर्यटकीय महत्व बोकेको ठाउँको बृहत प्रचारप्रसार, स्थानीय कला, संस्कृतिको संरक्षण तथा प्रवर्द्धन एवम यस ठाउँको विकास गर्ने मुल उद्देश्यका साथ बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा वडा नम्बर ६ सुगरखाल स्थित रामजानकी भक्तिनिया अस्थान मन्दिर परिसरमा रहेको खेल मैदानमा गत वर्ष देखि मेला सञ्चालन…
पुरा पढ्नुहाेस्
बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र तर्फ बर्गिस टिकापुर र छात्रा तर्फ कर्णाली मा वि टिकापुर उपाधी उचाल्न सफल

बिधालय स्तरीय फुटबल प्रतियोगिता : छात्र तर्फ बर्गिस टिकापुर र छात्रा तर्फ कर्णाली मा वि टिकापुर उपाधी उचाल्न सफल

बर्दगोरिया । ‘ प्रथम बिधालय स्तरीय जिल्ला व्यापी छात्रा/छात्र फुटबल प्रतियोगिता २०८१ समापन भएको छ । प्रतियोगितामा छात्र तर्फ बर्गिस टिकापुर उपाधी उचाल्न सफल भएको छ, बर्गिस टिकापुरले राष्ट्रिय मा वि देउकलियालाई ३/२ गोल अन्तरले पराजित गर्दै उपाधी चुम्न सफल भएको छ । उपाधी संगै नगद ५१ हजार ट्रफी र प्रमाणपत्र हात पार्दा उपबिजेता बनेको राष्ट्रिय मा वि देउकलियाले नगद ३१ हजार सहित ट्रफी संगै प्रमाणपत्र हात पारेको छ । यसै गरि छात्रा तर्फ कर्णाली मा वि उपाधी उचाल्न सफल भएको छ । कर्णाली मा वि टिकापुरले माउन्ट सैपाल टिकापुरलाई ट्राईबेकरमा ४/३ गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।…
पुरा पढ्नुहाेस्
मोहन्याल गा.पा. ३ का वडा अध्यक्ष गिरीको निधन 

मोहन्याल गा.पा. ३ का वडा अध्यक्ष गिरीको निधन 

बर्दगोरिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष नन्दाराम गिरीको ३५ वर्षको उमेरमा निधन भएको छ । विगत दुई वर्षदेखि मुखको क्यान्सर रोगबाट ग्रसित वडाध्यक्ष गिरीको उपचारका क्रममा शुक्रबार (आज) दिउँसो दोदोधरा अस्पताल बौनियामा निधन भएको हो । गिरी मोहन्याल गाउँपालिका वडा नं ३ को अध्यक्षमा विसं २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट दुई पटक निर्वाचित वडा अध्यक्ष हुन । गिरीका श्रीमतीसहित दुई छोरा र एक छोरी रहेका छन् ।
पुरा पढ्नुहाेस्
सुदुरपश्चिम रोयल्सद्वारा काठामाडौं रोयल्स ७३ रनले पराजित

सुदुरपश्चिम रोयल्सद्वारा काठामाडौं रोयल्स ७३ रनले पराजित

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई  ७३ रनले पराजित गरेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १५.५ ओभरमा सबै विकेट गुमाएर ९४ रनमात्रै बनाउन सक्यो । काठमाडौंका स्टेफन एस्किनाजीले सर्वाधिक ३७ रन बनाए । उनले ३३ बलमा पाँच चौका र एक छक्का प्रहार गरे । सुमित महर्जनले १० बलमा दुई चौकासहित १४ रन जोडे । भीम सार्की र गेरहार्ड इरास्मसले समान १० रन थपे । यसबाहेक, काठमाडौंका अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् । काठमाडौंलाई सस्तैमा समेट्न सुदूरपश्चिमका नरेन साउदले पाँच…
पुरा पढ्नुहाेस्
फुटबल प्रतियाेगिताकाे प्रथम पुरस्कार प्रायाेजन कैलाली गुरुकुल र प्रभा इट्टा उधाेगले गर्ने

फुटबल प्रतियाेगिताकाे प्रथम पुरस्कार प्रायाेजन कैलाली गुरुकुल र प्रभा इट्टा उधाेगले गर्ने

राजेन्द्र रावल बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यहीँ मंसिर २१ गते बाट सुरु हुन लागेको कैलाली जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ काे दुबै बिद्या तर्फकाे प्रथम पुरस्कार प्रायाेजककाे टुङ्गो लागेको छ । जसमा छात्र प्रभा इट्टा उधाेग जाेसिपुर सिमरिले गर्दा छात्रा तर्फकाे पुरस्कार प्रायाेजन कैलाली गुरुकुल हाइ स्कुल माेतिपुर लम्किले गर्ने भएको हाे । जसकाे पुरस्कार राशि ५१,००० रहेको छ । छात्रा तर्फकाे प्रथम पुरस्कार प्रायाेजन गर्ने कैलाली गुरुकुल हाइवे क्षेत्रमा हुने खेलकुद गतिविधि हरुमा बिगत लामाे समय देखि सहयोग गर्दै आएकाे छ । कैलाली गुरुकुलले गत बर्ष भएको प्रथम पालिका स्तरिय कैलाली जिल्लाव्यापि मुख्यमन्त्री…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा सञ्चालित धमला ट्रड एण्ड सप्लायर्समा आगलागी

बर्दगोरियामा सञ्चालित धमला ट्रड एण्ड सप्लायर्समा आगलागी

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं. २ स्थित सड्कपुर बौनियामा सञ्चालित धमला ट्रड एण्ड सप्लायर्समा गएराति आगलागी भएको छ । राति करिव साढे ८ बजेको समयमा ट्रड एण्ड सप्लायर्सको माथिल्लो तलाका रहेको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । आगो करिव १ः३० घण्टा पछि टिकापुर नगरपालिका, लम्की चुहा नगरपालिका, घोडाघोडी नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यालय सड्कपुर बौनियाँ, सशस्त्र बेस क्याप झगडपुर, र स्थानीयको सहायतामा नियन्त्रण लगिएको प्रहरीले जनाएको छ । आगो नियन्त्रणमा लिने क्रममा स्थानीय टंक जोशी र इलाका प्रहरी कार्यालय बौनियाका १ जना प्रहरी जवान सामान्य घाइते भएका छन । यस्तै घर भित्रै रहेका धमला…
पुरा पढ्नुहाेस्
जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता; सोमबार सहभागी टिमको समूह बिभाजन

जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता; सोमबार सहभागी टिमको समूह बिभाजन

राजेन्द्र रावल  बर्दगोरिया । बर्दगाेरिया स्पाेर्टस एण्ड इभेन्टसकाे आयाेजनामा यहीँ मंसिर २१ गते बाट सुरु हुन लागेको कैलाली जिल्ला स्तरिय छात्र तथा छात्रा फुटबल प्रतियोगिता २०८१ मा सहभागी बिद्यालय हरुकाे समूह बिभाजन भाेलि साेमबार बेलुकी ६ बजे हुने आयाेजकले जानकारी दिएको  छ । आयाेजकले दिएको जानकारी अनुसार प्रतियोगितामा जिल्ला भित्रका करिब १६ छात्रा र  ३२ छात्र टिमको सहभागिता रहने निश्चित भएको छ । प्रतियोगितामा सहभागी छात्र टिमलाई ४ समुहमा बिभाजन गरि नक आउट पद्धतिमा खेल हुने र समुहको बिजेताले सेमिफाइनलमा स्थान बनाउनेछ । यस्तै उता लिककम नकआउटका आधारमा हुने छात्रातर्फ समेत समूह विजेताले सेमिफाइनलमा स्थान बनाउनेछन्  । प्रतियोगिताकाे उद्धघाटन एक…
पुरा पढ्नुहाेस्