जनकल्याण सामुदायिक वन मोहन्याल ३ द्वारा विद्यालयलाई आर्थिक सहयोग
बर्दगोरिया । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेबिसौना रहेको जनकल्याण सामुदायिक वन उपभोक्ता समूहले विद्यालयलाई आर्थिक नगद सहयोग गरेको छ । सामुदायिक बनले स्थानीय विद्यालयहरूलाई कुल रु ९ लाख ६० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो । सामुदायिक बनले शिक्षा क्षेत्रको सुदृढीकरणमा गरिएको यो सहयोगलाई स्थानीय समुदायले अत्यन्तै सकारात्मक रूपमा लिएका छन् । साथै स्थानीय तथा विद्यालय परिवारले सामुदायिक बनलाई धन्यवाद व्यक्त गरेका छन् । सामुदायिक बनका अध्यक्ष जनक राज गिरिले सामाजिक उत्तरदायित्व सँगै विद्यालयलाई केही राहत होस भन्ने उद्देश्यले सहयोग गरेको बताए । सामुदायिक बन सबैको हो,त्यसैले विद्यालयलाई केही नगद सहयोग गर्दा सहयोग पुगोस्…


















