लम्कीचुहा-६ मा विप्लव र नेकपा एमालेका कार्यकर्ताद्वारा पार्टी परित्याग, नेकपा (माओवादी केन्द्र) र नेपाली काङ्ग्रेसमा प्रवेश
बर्दगोरिया । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ पिपरकोटि बाट विप्लव पार्टी परित्याग गर्दै हरि चौधरी लगाए १२ जना विप्लवका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश भएका छन । मंगलबार बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो कार्यक्रम सङ्गै आयोजित कार्यक्रममा उनीहरुलाई बाम लोकतान्त्रिक गठबन्धन कैलाली क्षेत्र नम्बर २ (ख) का साझा उम्मेदवार नन्द बहादुर साउद ( राजेन्द्र) र नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय सदस्य तथा पुर्वमन्त्री मोहन सिंह राठौरले टिका माला लगएर स्वागत गरेका हुन सोहि कार्यक्रम नेकपा एमाले बाट पार्टी परित्याग अर्का एक जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन । उनलाई पनि साझा बाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार साउद र नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रिय…