सुदुरपश्चिम विशेष

मौसम पूर्वानुमान: तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपात

मौसम पूर्वानुमान: तराईमा बाक्लो हुस्सु, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ । तराईका केही भू-भागमा हुस्सु लागेको छ। आज दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि यो क्रम जारी रहनेछ । उच्च पहाडी तथा हिमाली भू(भागका हिमपात र तराईमा बाक्लो हुस्सु लागेर दैनिक जन जीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।
पुरा पढ्नुहाेस्
आन्तरिक उडानको भाडा मंगलबारदेखि लागू हुने गरी १० प्रतिशतले घट्यो

आन्तरिक उडानको भाडा मंगलबारदेखि लागू हुने गरी १० प्रतिशतले घट्यो

२६, पौष काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई हवाई भाडादर घटाउन पत्र पठाएको छ। मंगलबारबाटै लागू हुने गरी प्राधिकरणले सम्पूर्ण वायुसेवा कम्पनीहरूलाई पत्र पठाएको हो। नेपाल आयल निगमले आइतबार हवाई इन्धनको साविक मूल्यमा प्रतिलिटर २० रूपैयाँ ले घटाएको थियो। हवाई इन्धनको मूल्य घटेअनुसार मंगलबार आज बाट वायुसेवा कम्पनीहरूले आन्तरिक हवाई भाडादर घटाउन घटाउने भएको हो । यससँगै अन्तर्राष्ट्रिय एयरलाइन्सहरूले नेपालमा इन्धन रिफिल गर्दा पर्ने मूल्य पनि प्रतिलिटर ३० रूपैयाँले घटेको छ। हाल प्रतिलिटर १.६४५ डलर (२१८ रूपैयाँ) पर्दै आइरहेकोमा अब भने प्रतिलिटर १.४२ डलर (१८८ रूपैयाँ) पर्ने भएको छ। जस अनुसार आन्तरिक हवाई इन्धनमा २० रूपैयाँले मुल्य घट्दा…
पुरा पढ्नुहाेस्
सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने

सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने

२६, पौष काठमाडौं । सरकारले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । पृथ्वी जयन्तीको अवसर पारेर सरकारले उक्त दिन सार्वजनिक बिदा निर्णय गरेको हो। राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले आज विश्वासको मत लिँदैछन्। राप्रपाले पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउनु पर्ने माग राख्दै आएको छ। त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदै

काठमाडौं । आज संघीय संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने भएका हुन् ।  नेपालको संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ। जस अनुसार प्रचण्ड १० पुसमा प्रधानमन्त्री नियुक्त भएका थिए भने ११ पुसमा शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमालेसहित सात दल र तीन स्वतन्त्र सहित १६९ सांसद्ले समर्थन गरेका थिए । विश्वासको मत लिन १३८ सांसद्को समर्थन चाहिन्छ । यता प्रधानमन्त्री प्रचण्डले साना ठुला सबै…
पुरा पढ्नुहाेस्
कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते

कञ्चनपुरमा आगो ताप्ने क्रममा जलेर वृद्धा घाइते

कञ्चनपुर । कञ्चनपुरमा आगो आगो ताप्ने क्रममा जलेर एक वृद्धा घाइते भएकी छन । घाइते हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० खल्ला टोलकी अन्दाजी ७० वर्षीया पुतलीदेवी सदाशंकर रहेकी छन । उनीआफ्नै घरमा आगो ताप्ने क्रममा आज दिउँसो जलेर घाइते भएकी हुन्। आगलागीबाट शरीरको विभिन्न भाग जलेर उनी घाइते भएकी इलाका प्रहरी कार्यालय झलारीले जनाएको । घाइते उनको कैलाली स्थीत सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको छ।
पुरा पढ्नुहाेस्
पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँले घट्यो

पेट्रोलियम पदार्थको मूल्य ३ रुपैयाँले घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज राती १२ बजे बाट लागू हुने गरी मूल्य घटाएको हो । तर खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै कायम गरेको छ । निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन/तीन रुपैयाँका दरले घटाएको छ । यस्तै आन्तरिक र अन्तर्राष्ट्रिय हवाई इन्धनमा क्रमश: २० र ३० रुपैयाँले घटेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । योसँगै अब पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ कायम भएको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर १ सय ७५ रुपैयाँ कायम भएको छ । आन्तरिकतर्फ हवाई…
पुरा पढ्नुहाेस्
बर्दगोरीया धाममा माघी मेलाको तयारी तिव्र (फाेटो फिचर सहित)

बर्दगोरीया धाममा माघी मेलाको तयारी तिव्र (फाेटो फिचर सहित)

बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी तिव्र गतिमा अघि बढेको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ स्थास्थ्य, शिक्षा, साहित्य, कला र संस्कृती जोगाऔं” भन्ने नाराका साथ सुरु हुन लागेको माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म संचालन हुने आयोजकले जानकारी दिएको छ । विगत २१ सय वर्ष देखि लाग्दै आएको माघी मेलामा यस पटक स्थानिय तथा राष्ट्रिय कलाकारका साथै भजन किर्तन,रामलीला र भारतको चर्चित नौटंकीको पनि प्रस्तुती रहने आयोजकले जानकारी दिएको छ । बर्दगोरिया गाउँपालिकामा हुने मेलाको माध्यमबाट बर्दगोरिया धार्मिक क्षेत्रको…
पुरा पढ्नुहाेस्
तराईमा हुस्सु/कुहिरो र शितलहर

तराईमा हुस्सु/कुहिरो र शितलहर

काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको छ। जसले गर्दा आइतबार सुदूरपश्चिम प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु/कुहिरो र शितलहर चलिरहेको जनाएकोे छ। तराईका धेरै भू–भागहरूमा  बाक्लो  हुस्सु/कुहिरो लागेकाले दैनिक जन जीवन प्रभावित बनेको महाशाखाले जनाएको छ। साथै सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ।
पुरा पढ्नुहाेस्
ग्रामीण क्षेत्रको रूपमा परिचित मोहन्याल- १ मा पहिलो पटक बल्यो बत्ति

ग्रामीण क्षेत्रको रूपमा परिचित मोहन्याल- १ मा पहिलो पटक बल्यो बत्ति

मोहन्याल । भौगोलिक हिसाबले ग्रामीण क्षेत्रको रूपमा परिचित कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ चायाभावरमा पहिलोपटक बिजुली बलेको छ । बिजुली बलेपछि स्थानीयवासी हर्षित भएका छन् । विगत लामो समयदेखि सोलार र टुकीको भरमा बस्न बाध्य स्थानीयवासी गाउँमा बिजुली पुगेपछि खुशी भएका हुन् । शनिबार चायभाभरमा बिजुलीको गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा उपाध्यक्ष कमल साउद, मोहन्याल गाउँपालिका वडा नम्बर १ का अध्यक्ष पिरम बहादुर बुढा क्षेत्री, विधुत प्राधिकरण पहलमानपुरका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो । नेपाल विधुत प्राधिकरण पहलमानपुर वितरण केन्द्रबाट वडा नम्बर १ का चायभावर, बडिकाथाइ, तल्लापानीसहितका गाउँमा बिजुलि पुर्याउने लक्षका साथ काम थालिएको वडा नम्बर १ का वडा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवर द्वारा रिङ्गरोड शिलान्यास

बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवर द्वारा रिङ्गरोड शिलान्यास

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ मा ६ किलोमिटर रिङ्गरोड बन्ने भएको छ । सुदुरपश्चिम प्रदेश सरकारको ६ करोड ६२ लाखको लागतमा रानिकुण्डा रिङ्गरोड बन्ने भएको हो । रिङ्गरोडको शनिबार बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुवरले शिलान्यास गर्नुभएको छ । कार्यक्रम वडा नम्बर ३ का अध्यक्ष मनऋषि आचार्य ,वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी, कार्यपालिका सदस्य भिम बहादुर विस्वकर्मा, वडा सदस्य बसन्ती साउद, रामबहादुर चौधरी लगाएतको उपस्थिति रहेको थियो । रिङ्गरोड निर्माणको लागि स्वार कन्ट्रक्सनले ठेक्का सम्झौता पाएको छ । रिङ्गरोडको शिलान्यास गर्दै पालिका अध्यक्ष कर्ण बहादुर कुवरले गुणस्तरीय सडक निर्माणका साथै समयमै निर्माण कार्य सक्न निर्देशन…
पुरा पढ्नुहाेस्