सुदुरपश्चिम विशेष

डोटीमा घर भत्किँदा च्यापिएर एक महिलाको मृत्यु

डोटीमा घर भत्किँदा च्यापिएर एक महिलाको मृत्यु

२३ असार, । डोटीमा शुक्रबार राति घर भत्किँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको दिपायल सिलगढी नगरपालिका-५ गैराकी ३० वर्षीया गङ्गा मालासी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरी अनुसार गए राति एकतले घर भत्किँदा सुतिरहेकी मलासीको च्यापिएर मृत्यु भएको हो । घटना लगल्तै प्रहरी नायव निरीक्षक आनसिंह धामीको नेतृत्वमा १० जनाको टोलीले राति नै उद्धारको प्रयास गरे पनि मलासीको शव आज बिहान मात्र निकालीको जिल्ला प्रहरी कार्यालय डोटी ले जनाएको छ ।
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौँ । देशमा हाल मनसुनी वायुको प्रभाव कायमै रहेक मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। यस्तै महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
पुरा पढ्नुहाेस्
बर्दगोरिया १ ले गर्‍यो आ.व.२०७९/०८० वार्षिक सार्वजनिक सुनुवाइ

बर्दगोरिया १ ले गर्‍यो आ.व.२०७९/०८० वार्षिक सार्वजनिक सुनुवाइ

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ ले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ । शुक्रवार एक कार्यक्रमकाको आयोजना गर्दै वडा बासीका बिच आर्थिक वर्ष २०७९/०८० का आफ्ना वार्षिक गतिविधिहरू सार्वजनिक गरेको हो । वडा कार्यालयले चालु आर्थिक वर्षमा ३० लाखका विभिन्न योजनाहरू निर्माण गरेको वडा सचिव अशोक भण्डारीले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ । यस्तै वडा कार्यालयले यस आर्थिक वर्षको असार २० गते सम्म १३ लाख ३० हजार ९ सय ३२ रुपैयाँ ५० पैसा राजस्व सङ्कलन गरेको छ । सम्पत्ति करबाट ५ लाख ६० हजार २९ रुपैयाँ ५ पैसा राजस्व सङ्कलन गरेको कार्यालयले भूमि कर तथा मालपोतबाट ३ हजार…
पुरा पढ्नुहाेस्
राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य साेडारी माओवादी केन्द्रमा प्रवेश

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य साेडारी माओवादी केन्द्रमा प्रवेश

कैलाली । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य तथा पुर्व कैलाली जिल्ला अध्यक्ष शिवराज साेडारी चन्द लगायतका एक दर्जन नेता, कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेश गरेका छन् । शुक्रवार नेकपा (माओवादी केन्द्र) घाेडाघाेडी नगरकमिटीले आयाेजना गरेकाे पार्टी प्रवेश कार्यक्रममा साेडारीले एमाले परित्याग गरि माओवादीमा प्रवेश गरेका हुन् । यस्तै अन्य विभिन्न पार्टी निकट नेता कार्यकर्ताहरु समेत उनी सँगै पार्टीमा प्रवेश गरेकाे माओवादी केन्द्रका नगर अध्यक्ष खगेन्द्र हमाले बताए । पार्टी प्रवेश कार्यक्रममा थप नेता, कार्यकर्ताहरु सहभागी हुने कार्यक्रम भएपनि प्रतिकुल माैसमका कारण सहभागी हुन नसकेकाे उनले बताए । साथै आज प्रवेश गराउन सम्भव हुन नसकेकाहरुलाई अर्काे कार्यक्रम आयाेजना…
पुरा पढ्नुहाेस्

देशभर चट्याङ्गसहित भारी वर्षाको सम्भावना

काठमाडौँ । देशमा मनसुनी वायुको प्रभाव हाल कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ। आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही…
पुरा पढ्नुहाेस्
बर्दगोरियाले गर्‍यो चालु आ.व.२०७९/०८० मा १७ किलोमिटर पानी पिच

बर्दगोरियाले गर्‍यो चालु आ.व.२०७९/०८० मा १७ किलोमिटर पानी पिच

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९/०८० मा १७ किलोमिटर पानी पिच गरेको छ । कालोपत्रेका लागी बेस तयार गर्ने उद्देश्यका साथ आफ्नै साधन खरिद गरेको गाउँपालिकाले गत वैशाख महिनाबाट काम सुरु गरेको थियो । पहिलो चरणमा वडा नम्बर १, ३, ४, ५ र ६ का प्रमुख बाटाहरूलाई पानी पिच गरिएको हो । अन्तरपालिका जोड्ने सडक सहित १७ किलोमिटर बाटोको स्तर वृद्धि गरेको गाउँपालिकाले यसका लागी ५९ लाख ६३ हजार ५ सय १७ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाले सडकको स्तर वृद्धि गरेपछि स्थानीयहरूलाई आवागमनमा सहज भएको छ । जनताको सहजताका लागी नै हामी लागी परेका छौ । गाउँपालिका…
पुरा पढ्नुहाेस्
एसईईको नतिजा आज सार्वजनिक हुँदै; कसरी हेर्ने नतिजा ?

एसईईको नतिजा आज सार्वजनिक हुँदै; कसरी हेर्ने नतिजा ?

रासस २१ असार, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ । बोर्डले नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुर्‍याएको र आज साँझसम्म नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । परीक्षा नियन्त्रणा कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले उत्तरपुस्तिका परीक्षणको काम सकिएपछि प्राविधिक काम पनि करिब सम्पन्न भइसकेको, नम्बर कम्प्युटरमा चढाउने, सम्परीक्षण गर्ने, रुजु गर्नेलगायतका प्राविधिक कार्य भइसकेको जानकारी दिए । उनले भने, ‘एसईईको नतिजा आज साँझसम्ममा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेका छौँ, प्राविधिक समस्या नआए आजै नतिजा सार्वजनिक हुन्छ । प्राविधिक समस्या आए मात्रै भोलि पुग्ने हो…
पुरा पढ्नुहाेस्
पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चार जना पक्राउ

पाटेबाघको छाला र हड्डीसहित कोहलपुरबाट चार जना पक्राउ

२१ असार, बाँके। पाटेबाघको छाला र हड्डीसहित बाँकेको कोहलपुर बाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेखको भगवतीमाई गाउँपालिका-५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका-४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका-२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका-३ का ५२ वर्षीय कर्णबहादुर रोकाय  रहेका इलाका प्रहरी कार्यालय कोहलपुर ले जनाएको छ । उनीहरुलाई प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित पक्राउ गरेको हो । उक्त छाला र हड्डी वयस्क पोथी बाघको रहेको डिभिजन वन कार्यालय…
पुरा पढ्नुहाेस्
राष्ट्रियसभा बैठक आज दिउँसो १ बजे बस्दै

राष्ट्रियसभा बैठक आज दिउँसो १ बजे बस्दै

काठमाडौँ । राष्ट्रियसभा बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण  बैठक पनि सञ्चालन हुन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिएको भन्दै प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरुले प्रधानमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान राखेका छन् ।
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभनवले हाल देशभर  सामान्य देखि पूर्ण बदली रही अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  साथै कोशी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।  कोशी  र मधेस प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ। आज राति भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी,…
पुरा पढ्नुहाेस्