समाचार

मौसम पूर्वानुमान; आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको 

मौसम पूर्वानुमान; आज यी दुई प्रदेशमा हल्का वर्षासहित हिमपातको 

काठमाडौँ । मौसम पूर्वानुमानका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहे पनि, हाल गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ । आज राति कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।
पुरा पढ्नुहाेस्
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत र?

बिहान खाली पेटमा कफी पिउनु सही कि गलत र?

  काठमाडौँ । अधिकांश मानिसलाई बिहान उठ्ने बित्तिकै चिया वा कफी चाहिन्छ । उठ्ने बित्तिकै कफीको एक चुस्की लिँदा निद्रा खुलेको महसुस हुन्छ, अनि शरीर ऊर्जाले भरिएको जस्तो लाग्छ । तर यो बानीले आफ्नो पेट र शरीरमा कस्तो प्रभाव पार्छ भनेर तपाईँले कहिल्यै विचार गर्नुभएको छ ?   खाली पेटमा कफी पिउनु हामीले सोचेजस्तो फाइदाजनक छैन भनेर डाक्टरहरू भन्छन् । बिहान उठ्ने बित्तिकै केही नखाइकन सिधै कफी पिउँदा पेटमा एसिडको स्तर बढ्छ । पेट खाली भएको बेलामा यो अतिरिक्त एसिडले पेटको पत्रलाई प्रत्यक्ष असर गर्छ, जसले गर्दा छातीमा जलन महसुस हुने, ग्यास भरिने, पेट फुल्ने र अपचजस्ता समस्या निम्त्याउँछ ।…
पुरा पढ्नुहाेस्
यस्तो छ आगामी २४ घण्टाको मौसम

यस्तो छ आगामी २४ घण्टाको मौसम

  काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।   जस अनुसार आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ ।   त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।  
पुरा पढ्नुहाेस्
आज माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नौ दलबीच एकता हुँदै

आज माओवादी केन्द्र, एकीकृत समाजवादीसहित नौ दलबीच एकता हुँदै

  काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका नौ ओटा दलबीच आज एकता हुँदैछ। एकतामा सहभागी दलले आज दिउँसो १ बजे भृकुटीमण्डपमा विशेष समारोह गरेर एकता गर्न लागेका हुन्।   माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको बताइएको छ। गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन्।   एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ। चुनाव चिह्न पाँच तारा प्रस्ताव गरिएको छ। मूल पार्टी एकतामा जाँदा केही नेता भने अलग्गिएका छन्। माओवादीबाट जनार्दन शर्मा र राम काकी तथा एकीकृत…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढीलाई

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढीलाई

  बर्दगोरिया । कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई ब्रेकरमा कोटागढीका लागी बोधराज भण्डारी, अनिल चौधरी र राजेश सुनारले एक एक गोल गरे । यस्तै बौनियाका लागी नृप साउँद र विकास मल्लले एक एक गोल गरे । कोटागढीले सेमिफाइनल खेलमा सामुदायिक शिक्षकलाई २–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको थियो । भने बौनिया बजारले आयोजक बर्दगोरिया पत्रकार मञ्चलाई ३–० गोल…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार, व्यापारी र शिक्षकको विजयी सुरुवात

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार, व्यापारी र शिक्षकको विजयी सुरुवात

बर्दागोरिया । बार्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे । कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव र मेलमिलाप कायम गरेको बताए । “यो प्रतियोगिता सबैको भेटघाट हुने, आपसी प्रेस साट्ने, मेलमिलाप र एकता कायम गर्ने माध्यम बनेको छ । व्यवसायी रूपमा फुटबल नखेल्नेहरूका लागी यसले रमाइलो माहौलको वातावरण समेत निर्माण गरेको छ । यो कार्यक्रम निरन्तरताको कामना गर्दछु ।” उनले भने । खेलमा बर्दगोरिया पत्रकार मञ्च, गाउँपालिकाका जनप्रतिनिधि, पालिकाका कर्मचारी, बौनिया…
पुरा पढ्नुहाेस्
आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले मंगलबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ११ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ पाँच पैसा र बिक्रीदर १०० रुपैयाँ ४७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर १६४ रुपैयाँ ३० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ २७ पैसा र बिक्रीदर १८९ रुपैयाँ सात पैसा कायम…
पुरा पढ्नुहाेस्
कस्ताे रहला आजको मौसम पूर्वानुमान?

कस्ताे रहला आजको मौसम पूर्वानुमान?

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउसो सबै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मुख्यतया सफा रहने छ । कोशी प्रदेश र कर्णाली प्रदेशहरूका पहाडी भूभागका एक–दुई स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको छ। आज राति देशभर मौसम मुख्यतया सफा रहने छ । बुधवार भने सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ । कर्णाली र सुदूरपश्चिम प्रदेश थोरै स्थानहरूमा तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना  रहेको छ ।
पुरा पढ्नुहाेस्
आज तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

आज तिहारको तेस्रो दिन : नरक चतुर्दशी, कुकुर तिहार

३ कात्तिक, काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कात्तिक  कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने…
पुरा पढ्नुहाेस्
कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते 

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना: ३ जनाको मृत्यु, १२ घाइते 

बौनिया । कैलालीको बर्दगोरीया गाँउपालिका बाट मलामी बोकेर चिसापानी जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। अन्य १२ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका– ४ का ६४ वर्षीय दानबहादुर साउद, ३६ वर्षीय हर्कबहादुर साउँद र १४ वर्षीय सितल साउँद रहेका छन् । डीएसपी सिंहका अनुसार पूर्वपश्चिम राजमार्गको लम्कीचुहा नगरपालिकास्थित धोबेनी खोलामा सुपप्र ०१–००२ त ४९९१ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। यस्तै सोही ट्याक्टर दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । घाइतेको लम्की चुहा स्थीत लालरन्त अस्पतालमा उपचार भइरहेको छ। यस्तै…
पुरा पढ्नुहाेस्