आगामी निर्वाचनमा माओवादी केन्द्र एकल प्रतिस्पर्धा गर्ने; अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा एकल प्रतिस्पर्धा गर्ने बताएका छ्न । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहको निर्वाचनमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका हुन। यश अघिका निर्वाचनमा गरेको गठबन्धनले पार्टीलाई कुनै फाइदा नभई उल्टै पार्टीको पहिचाननै कमजोर भएर गएको बताए । देशब्यापी रूपमा एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले आफ्नो तयारी थालेको र त्यसको सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट गरिने उनले बताए। उनले प्राकृतिक…
















