समाचार

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

दैलेख । सुर्खेत–दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन् । डुङ्गेश्वर गाउँपालिका–६ सिस्नेटारस्थित उक्त सडकमा सार्वजनिक यातायातमा आवतजावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन् । कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको आँखा खिचेको हो । उनले भने, “गतवर्ष नेपालगञ्ज–रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ ।” उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए । उनले भने, “गतवर्षको फूलमा नोक्सानी व्यहोर्नु परेको थियो । त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ ।” यसवर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब…
पुरा पढ्नुहाेस्
काठमाडौँमा आजदेखि एनआरएनए ‘ग्लोबल’ सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँमा आजदेखि एनआरएनए ‘ग्लोबल’ सम्मेलन, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौँ । आजदेखि काठमाडौँमा ‘रूपान्तरण र एकताः श्रम, लगानी र नागरिकताको निरन्तरता’ भन्ने नारासहित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को ‘ग्लोबल’ सम्मेलन हुँदैछ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी व्यक्तिको सहभागिता रहने र सातवटा प्लेनरी सत्र रहने एनआएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्ले जनाएको छ । साधारणसभामा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि काठमाडौँ आइसकेका र सोका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको महासचिव गौरीराज जोशीले जानकारी दिए । कार्यक्रमको पहिलो दिन नेपालमा आर्थिक रूपान्तरणका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पिएनआ), जलवायु…
पुरा पढ्नुहाेस्
विश्वकप लिग–२, नेपाल आज अमेरिकासँग भिड्दै

विश्वकप लिग–२, नेपाल आज अमेरिकासँग भिड्दै

आइसिसी विश्वकप लिग–२ मा नेपाल आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत आफ्नो तेस्रो श्रृंखलाको पहिलो खेलमा नेपालले घरेलु टोलीसँग नेपाली समय अनुसार राति ९ः१५ बजे भिड्ने भएको छ। अमेरिकाको टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरी क्रिकेट मैदानमा हुने खेलमा नेपाल आफ्नो लिग–२ को विग्रदो लयलाई ट्रयाकमा ल्याउने प्रयासमा हुनेछ। नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार लिग–२ खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो। लिग–२ खेल्नुअघि नेपाललले अमेरिकासँग टी–२० सिरिज खेलको थियो। सिरिज नेपालले क्लिन स्वीप गरेकाले टोल आत्माविश्वासी रहेको छ। यद्यपि, त्यसपछि अमेरिकी ‘ए’ सँगको खेलमा पराजित भएकाले एकदिवसीय खेलको अस्थिर लयले निरन्तरता पाउने हो कि भन्ने चिन्ता भने नेपाली…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरियामा पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु

बर्दगोरिया । कैलालीको बर्दगोरियामा शुक्रबादेखि पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सुरु भएको छ । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा सुरु भएको दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल प्रतियोगिताको गाउँपलिका अध्यक्ष कर्ण बहादुर कुवरले उद्घाटन गरेका छ्न । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ सुरु भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पालिका अध्यक्ष कुवरले बर्दगोरियाको खेल क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने भन्दै प्रतियोगितालाई सफल रूपमा संचालन गर्न आफुले सबै सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले खेल जीत हारको मात्र नभई आपसी सम्बन्ध ,भाइचारा र मित्रताको प्रतीक बन्ने हुँदा प्रतियोगिता सफल पार्न सबैको सहयोग उतिकै महत्त्वपूर्ण हुने बताए ।…
पुरा पढ्नुहाेस्
सरकारको सय दिने पुराः प्रधानमन्त्री ओलीले आज प्रगति विवरण सार्वजनिक गर्दै

सरकारको सय दिने पुराः प्रधानमन्त्री ओलीले आज प्रगति विवरण सार्वजनिक गर्दै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारले १०० दिने पुरा गरेको छ । १ सय दिन पुरा भएसँगै प्रधानमन्त्री ओलीले आज दिउँसो २ः३० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट १०० दिने उपलब्धि सार्वजनिक गर्न लागेका हुन् । ओली सरकारका सबै मन्त्रीहरूले आ–आफ्नो क्षेत्राधिकारभित्र भएका कामकारबाहीको प्रगति प्रधानमन्त्रीलाई बुझाइसकेको बताएका छन् । एमाले अध्यक्ष ओली गत असार १७ गते भएको नेपाली कांग्रेस र एमालेबिचको सात बुँदे समझदारीका आधारमा असार ३० गते राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री नियुक्त भएका थिए । राजनीतिक स्थिरता र संविधान संशोधनलाई प्रमुख एजेन्डा बनाएर सुरु भएको कांग्रेसएमाले सत्ता सहयात्रामा लोसपा, अशोक राई नेतृत्वको जसपा, लोसपा र नाउपा सहभागी छन्…
पुरा पढ्नुहाेस्
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ रुपैयाँ बराबर रकम जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कात्तिक ४ गतेसम्मको हो। उक्त कोषमा विभिन्न संघ संस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ। सरकारले गत असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत तथा पुनःस्थापनाका लागि उक्त रकम खर्च गर्दै आएको छ। विपद् प्रभावितलाई सहज रूपमा राहत उपलब्ध गराउन सरकारले अति प्रभावित, प्रभावित क्षेत्र समेत घोषणा गरेको छ। रासस
पुरा पढ्नुहाेस्
बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय फुटबल प्रतियोगिता हुँदै

बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय फुटबल प्रतियोगिता हुँदै

कैलाली । बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । “पारस्परिक सदभाव, आपसी सहयोग र मित्रताका लागि खेल” भन्ने मूल नाराका साथ यही कार्तिक ९ र १० गते बर्दगोरिया पत्रकार मञ्चको आयोजनामा उक्त दोस्रो पालिका स्तरीय मैत्रीपूर्ण फुटबल खेल हुने भएको हो । मञ्चका अध्यक्ष कृष्ण प्रसाद ओझाका अनुसार खेलमा रुचि राख्ने तर उमेर तथा आफ्नो व्यावसायिक व्यस्तताका कारण खेल खेल्न नसकेका स्थानीय व्यापारी, कर्मचारीहरू लगायतका व्यक्तिहरूसँग आपसी सदभाव कायम रहोस् भन्ने उद्देश्यका साथ पालिका स्तरीय फुटबल खेलको आयोजना गरिएको हो । प्रतियोगिताको विजेता हुने टिमले खसी, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ, भने यस्तै…
पुरा पढ्नुहाेस्
रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदै

रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज अदालतमा हाजिर गराइँदैछ। सहकारी ठगी प्रकरणमा शुक्रबार काठमाडौंबाट पक्राउ गरी कास्की प्रहरी कार्यालय पुर्‍याइएका लामिछानेमाथि अनुसन्धानका लागि म्याद थप गर्न आइतबार आज प्रहरीले कास्की जिल्ला अदालतमा हाजिर गराइँदैछ। उनीविरूद्ध कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधको कसुरमा अनसुन्धानका लागि पक्राउ पुर्जी जारी गरेको थियो। शनिबार अदालत बन्द रहेकाले प्रहरीले लामिछानेलाई आइतबार मात्रै अदालतमा उपस्थित गराउन लागेको हो। जिल्ला प्रहरी कार्यालयमा लामिछाने र सहकारी ठगी मुद्दामै पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई छुट्टाछुट्टै कक्षमा राखिएको छ । शनिबार बिहान पौने ३ बजे लामिछाने हिरासत कक्ष छिरेका थिए। उनलाई अरू…
पुरा पढ्नुहाेस्
सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनायो

सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनायो

काठमाडौँ । नेपाली बजारमा पहेलो धातु सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । जसअनुसार बुधबार आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला १ हजार ३ सष् रुपैयाँले बढेको हो । अघिल्लो दिन १ लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलामा १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १९५० कायम भएको छ । असोज २० गते…
पुरा पढ्नुहाेस्

डडेल्धुरामा रात्रिबस दुर्घटनाः चार जनाको मृत्यु, १२ घाइते

डडेल्धुरा । कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडी जादैँ गरेको रात्रिबस डडेल्धुरामा दुर्घटना भएको छ। कञ्चनपुरको महेन्द्रनगरदेखि बैतडीको पुर्चौंडी जाँदै गरेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस मंगलबार राति साढे ११ बजेतिर डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना भएको हो। दुर्घटनामा परि दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ। मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी अन्दाजी २० वर्षीया कमला बोहरा, उनका नाबालक छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहरा रहेको रहेका छन। यस्तै उक्त दुर्घटनामा परि बसमा सवार अन्य १२ जना घाइते भएका छन्। घाइते…
पुरा पढ्नुहाेस्