समाचार

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित

म्याग्दी । टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन् । सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेको जनाइएको छ । बोटबाट २५ प्रतिशत सुन्तलाका दाना झरिसकेको बेनी नगरपालिका–४ बास्कुनाका किसान सन्दीप खत्रीले बताए । कात्तिकको तेस्रो हप्तादेखि सुन्तला झर्ने समस्या देखिएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका निर्देशक वासुदेव रेग्मीको नेतृत्वमा केही दिनअघि बास्कुना पुगेको कृषि ज्ञान केन्द्र र बेनी नगरपालिकाको कृषि शाखाका प्राविधिकको टोलीले झरेका सुन्तलाको नमूना सङ्कलन गरेर परीक्षणका लागि लगेका छन् । प्रयोगशालाको प्रतिवेदन आएपछि के कारणले सुन्तला झरेको हो भन्ने पहिचान हुने केन्द्रका प्रमुख सञ्जीव बास्तोलाले…
पुरा पढ्नुहाेस्
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो

२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो

कञ्चनपुर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उनको भनाइ छ, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् । घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उनले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकुँडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताए । कडारा परिवारजस्तै छिमेकमा…
पुरा पढ्नुहाेस्
बर्दगोरिया-६ मा यस वर्ष पनि तिर्थ माघी मेला संचालन हुँदै 

बर्दगोरिया-६ मा यस वर्ष पनि तिर्थ माघी मेला संचालन हुँदै 

बर्दगोरिया । गत वर्ष जस्तै यस वर्ष पनि कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा तिर्थ माघी मेला संचालन  हुने भएको छ ।  बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को आर्थिक सहयोगमा रामजानकी सेवा समाज सुङरखालले यसपटक पनि माघी मिलन तथा तिर्थ धार्मिक मेलाको आयोजना गर्ने भएको हो । आइतबार वडा अध्यक्ष रामकृष्ण डगौरा थारुको सभाध्यतामा बसेको  बैठकले थारु भेषभुषा, भाषा कला सस्कृतिको सम्मान, यसको पहिचानका साथै बर्दगोरिया ६ मा रहेको धार्मिक ,सास्कृतिक तथा पर्यटकीय क्षेत्र भक्तिनिया अस्थानको प्रवर्द्धनमा टेवा पुर्‍याउन मुख्य उद्देश्यका साथ मेला संचालन गर्ने निर्णय गरेको हो । बैठकले तिर्थ माघी मेला संचालनको लागि कलम बहादुर डगौराको अध्यक्षतामा…
पुरा पढ्नुहाेस्
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना, १४ जना घाइते 

सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना, १४ जना घाइते 

कैलाली । सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै गरेको जीप दुर्घटना भएको छ । शनिबार आज बिहान करिब ११ बजेको समयमा सुर्खेतको पञ्चपुरी नगरपालिका ५ बाबियाचौरदेखि कैलालीको चिसापानी जाँदै सु प प्र ०१ ००१ ज १५०७ न. जीप बाबियाचाैर काे देउराली नजिकै दुर्घटना भएको हाे । जिप दुर्घटनामा परी १४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा कैलाली जिल्ला जानकी गाउँपालिका वडा नम्बर ९ को दीपबहादुर शाही, पञ्चपुरी नगरपालिका वडा नम्बर ५ सुर्खेतका पार्वती घर्ती मगर, पञ्चपुरी ५ सुर्खेतकै वर्षा सुनार, पञ्चपुरी नगरपालिका वडा नं ८ का शिवराज सुनार, पञ्चपुरी नगरपालिका वडा नम्बर ५ का नरबहादुर देउवा, पञ्चपुरी…
पुरा पढ्नुहाेस्
आज सार्वजनीक विदा

आज सार्वजनीक विदा

काठमाडौं । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आज सार्वजनीक विदा दिएको छ । सरकारले पुर्वसभामुख दमननाथ ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो । जस अनुसार सरकारले आज सार्बजनिक बिदा दिने निर्णय पनि गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् । साथै आज स्वदेश र विदेशस्थित सबै सरकारी कार्यालयमा आधा झण्डा झुकाउने निर्णय गरेको छ । आइतबार निधन भएका ढुंगानाको आज अपराहन्न १ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिदै छ ।
पुरा पढ्नुहाेस्
उपनिर्वाचनः आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

उपनिर्वाचनः आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ । मैसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ तथा निर्णय गरी सोही दिन ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ । यस्तै मङ्सिर ५ गते उम्मेदवारको नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपरान्ह ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको आयोगको भनाइ छ । यही मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५…
पुरा पढ्नुहाेस्
स्थानीय तह उपनिर्वाचनको उम्मेदवार मनोनयन आज, आचारसंहिता लागू

स्थानीय तह उपनिर्वाचनको उम्मेदवार मनोनयन आज, आचारसंहिता लागू

काठमाडौँ । यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता निता पोखरेल अर्यालले जानकारी दिइन् । उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ ।  उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् । उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा रहेको सहारा घरको ११ औं स्थापन तथा ९ औं वार्षिकोत्सब सम्पन्न

बर्दगोरियामा रहेको सहारा घरको ११ औं स्थापन तथा ९ औं वार्षिकोत्सब सम्पन्न

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको सहारा घरले आफ्नो ११ औं स्थापना तथा ९ औं वार्षिकोत्सब सम्पन्न गरेको छ । शनिबार एक औपचारिक कार्यक्रमका विच सहारा घरले आफ्नो ११ औं स्थापना तथा ९ औं वार्षिकोत्सब सम्पन्न गरेको हो । संस्थाका संस्थापक अध्यक्ष बलबहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रका प्रमुख अतिथी बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कुँवरले स्थानीय सरकार स्थानीय जनसमुदायको पहिलो अभिभावक रहेको बताए । जस अनुसार बर्दगोरिया गाउँपालिकाले आफ्नो अभिभावक्त्तो निरन्तर ग्रहण गर्दै आएको छ । आगामी दिनहरुमा पनि सहारा घरलाई स्थानीय सरकारको तर्फबाट हुने…
पुरा पढ्नुहाेस्
प्रति लिटर ३ रुपैयाँ डिजेल र मट्टीतेको मुल्य बढ्दा पेट्रोल भने यथावत

प्रति लिटर ३ रुपैयाँ डिजेल र मट्टीतेको मुल्य बढ्दा पेट्रोल भने यथावत

काठमाडौं । नेपाल आयल निगमले मंसिर १ गते शनिबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको छ । निगमका अनुसार डिजेल र मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ बढेको छ भने पेट्रोलको मुल्य यथावत नै रहेको छ ।  इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यअनुसार आन्तरिक बजार समायोजन गरिएको निगमले जनाएको छ। निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यलाई ठाउँअनुसार तीन वर्गमा बाँड्दै आएको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब डिजेल र मट्टीतेल लिटरको १५० रूपैयाँ ५० पैसा पर्नेछ। दोस्रो वर्गमा सुर्खेत…
पुरा पढ्नुहाेस्
बर्दगोरियामा जिल्ला स्तरीय अन्तर मा.वि. छात्रा/छात्र फुटबल प्रतियोगिता हुँदै

बर्दगोरियामा जिल्ला स्तरीय अन्तर मा.वि. छात्रा/छात्र फुटबल प्रतियोगिता हुँदै

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिकामा जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय छात्र/छात्रा फुटबल प्रतियोगिता हुने भएको छ । बर्दगोरिया स्पोर्टस एण्ड इभेन्टसको आयोजनामा मङ्सिर २१ गते देखि उक्त जिल्ला स्तरीय अन्तर माध्यामिक विद्यालय छात्र / छात्रा फुटबल प्रतियोगिता हुने भएको आयोजक बर्दगोरिया स्पोर्टस एण्ड इभेन्टसका अध्यक्ष प्रमोद मल्लले नौलो प्रेसलाई जानकारी दिएका छन । विगत लामो समय देखि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्दै आएको उक्त संस्थाले यस वर्ष पनि मङ्सिर २१ गते देखि मङ्सिर २८ गते सम्म उक्त जिल्ला स्तरीय अन्तर मा।वि। विद्यालय छात्र / छात्रा फुटबल प्रतियोगिता गर्न लागेको हो । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु. ५१ हजार, ट्रफी,…
पुरा पढ्नुहाेस्