समाचार

सरकारले ल्याएको बजेट चित्तबुझ्दो छैनः कांग्रेसका सभापति देउवा

सरकारले ल्याएको बजेट चित्तबुझ्दो छैनः कांग्रेसका सभापति देउवा

काठमाडौं । सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफूलाई चित्त नबुझेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्। नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताए। उनले नेपाल भारतको खुला सीमाका कारण तस्करी हुने गरेको भन्दै कडाइ गर्न जरुरी रहेको बताए। सभापति देउवाले सुनको आयातलाई पूर्णरूपमा खुला गरे लुकीछिपी ल्याउने काम बन्द हुने उल्लेख गरे। उनले भ्रष्टाचार नियन्त्रणका लागि संवैधानिक आयोग विद्यमान रहेकाले यसलाई प्रभावकारी बनाएर भ्रष्टाचार न्यूनीकरण गर्नुपर्ने बताए। उनले उद्योगपतिले उद्योग खोल्ने, व्यापारीले व्यापार गर्ने कुरालाई सरकारले सहयोग गर्नुपर्ने…
पुरा पढ्नुहाेस्
नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य

नेदरल्यान्ड्सलाई नेपालले दियो २३७ रनको लक्ष्य

काठमाडौं । आइसीसी लिग २ अन्तर्गतको खेलमा नेपालले नेदरल्यान्ड्सलाई २३७ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले ९ विकेट गुमाएर २३६ रन बनाएको हो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ८४ रन बनाए। उनले ८५ बलमा ७ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान रोहित पौडेलले ३५, भीम सार्कीले ३५, कुशल भुर्तेलले १८, बसिर अहमदले ११ र करण केसीले ११ रन बनाए।
पुरा पढ्नुहाेस्
हेर्नुहोस् सोमबारको लागि विदेशी मुद्राको विनिमय दर

हेर्नुहोस् सोमबारको लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा कायम गरेको छ । युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५६ रुपैयाँ ४६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ९० पैसा र बिक्रीदर १८५ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ३८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ११ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८९ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर…
पुरा पढ्नुहाेस्
हेर्नुहोस् सोमबारको राशिफल

हेर्नुहोस् सोमबारको राशिफल

वि।सं।२०८२ साल जेष्ठ २६ गते । सोमबार । ईश्वी सन् २०२५ जुन ९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ शुक्लपक्ष। तिथि–त्रयोदशी, १० घडी ३३ पला, बिहान ९ बजेर २२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–विशाखा, २६ घडी ३८ पला, दिउसो ३ बजेर ४९ मिनेट उप्रान्त अनुराधा । योग–शिब, २१ घडी ५६ पला, दिउसो ३ बजेर ५६ मिनेट उप्रान्त सिद्ध । करण–तैतिल, बिहान ९ बजेर २२ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर २० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मीत्र योग । चन्द्रराशि–तुला, बिहान ९बजेर ११ मिनेट उप्रान्त वृश्चिक । काठंमाडौमा सूर्योदय…
पुरा पढ्नुहाेस्
कैलालीमा १८ वर्षीया किशोरीमाथि करणी, एक जना पक्राउ

कैलालीमा १८ वर्षीया किशोरीमाथि करणी, एक जना पक्राउ

कैलाली । कैलालीमा जबरजस्ती करणीको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। पत्राउ पर्नेमा टीकापुर नगरपालिका–१, वनगाउँ दक्षिण पुरूवाका २३ वर्षीय ओमप्रकाश घर्ती मगर रहेका छन घर्ती मगर १८ वर्षीया किशोरीमाथि करणी गरिएको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले सोमवार बिहान उनलाई नियन्त्रणमा लिएको हो। हाल मगरलाई हिरासतमा राखेर घटनासम्बन्धी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पीडित किशोरीको स्वास्थ्य परीक्षण समेत गराइएको छ। घटनाको थप विवरण सङ्कलन भइरहेको छ।
पुरा पढ्नुहाेस्
यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

यातायात व्यवसायीको माग सम्बोधन गर्न कार्यदल गठन

काठमाडौँ । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका माग वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ । सोमबार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेका हुन् । गृहमन्त्री लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको जनाएका छन । कार्यदलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारका तर्फबाट कार्यदलमा रहेका छन् । त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर…
पुरा पढ्नुहाेस्

रास्वपाले बोलायो सचिवालय र दलको बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । रास्वपा प्रवक्ता समेत रहेका नेता मनिष झाका अनुसार सोमबार अपराह्न १ बजे सचिवालय बैठक बस्नेछ भने ३ बजे संसदीय दलको बैठब बस्ने भएको हो । दुवै बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरी बोलाइएको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था, भिजिट भिसा प्रकरण र गृहमन्त्रीको राजीनामाका साथै पार्टी गतिविधिका बारेमा छलफल गर्ने एजेन्डा तय भएको छ ।
पुरा पढ्नुहाेस्
देशभर आजदेखि अनिश्चितकालीन यातायात बन्द

देशभर आजदेखि अनिश्चितकालीन यातायात बन्द

काठमाडौँ । सोमबार देखि यातायात व्यवसायीले देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन् । ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सोमबारदेखि आजदेखी देशभरका सार्वजनिक यातायात ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीम ज्वाला राईले जानकारी दिए । आफूहरूले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी प्रयोजनको लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको उनको भनाइ छ । यसबारे सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाइ यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि सोमबारदेखि सवारी साधन घर तथा ग्यारेजमा थन्क्याएर आन्दोलनमा उत्रिने निर्णय गरिएको…
पुरा पढ्नुहाेस्
दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र

कञ्चनपुर ।  दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र भइरहेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बन्दरगाह निर्माणका लागि तीव्र रूपमा काम भइरहेको जानकारी दिए । उनका अनुसार बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका–१ स्थित मायापुरी सामुदायिक वनमा हालसम्म एक हजार रुख कटानी भएका छन् । “बन्दरगाह निर्माणस्थलमा एक हजार पाँच सय ९३ रुख काट्नुपर्ने थियो । हालसम्म एक हजार रुख कटानी भइसकेका छन्,” उनले भने, “यो महिनाभित्र रुख कटानको काम सम्पन्न गरेर निर्माण कार्य अगाडि बढाउने तयारी छ, त्यसका लागि भारतले निर्माण कम्पनी छनौट गरिसकेको छ ।” भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने…
पुरा पढ्नुहाेस्
अछाममा भीषण हावाहुरी; दर्जन बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति

अछाममा भीषण हावाहुरी; दर्जन बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति

कैलाली । अछाममा आइतबार साँझ अएको भीषण हावाहुरीक कारण दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको छ । आइतबार साझ करिब ५ बजेको समयमा आएको भीषण हावाहुरीका कारण  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका र रामारोशन गाउँपालिकाका दर्जनभन्दा बढी घर तथा सार्वजनिक संरचनाहरूमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। सबैभन्दा बढी क्षति पञ्चदेवल विनायक नगरपालिका–२ मा बसोबास गर्ने हवाजै कामीको घर वरपर देखिएको छ। बगैँचामा रहेको रुखको हाँगा भाँचिएर शौचालय र सोलार प्यानल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै सो ठाउँको  लेख काडाँगाउँकी पवित्रा देवी धामीको दुई तले चारकोठे कच्ची घरको छाना उडाएको छ। पञ्चदेवल विनायक–३ का सिरे…
पुरा पढ्नुहाेस्