समाचार

हुम्लामा आगलागी: ५ घर जले, २ जना घाइते

हुम्लामा आगलागी: ५ घर जले, २ जना घाइते

११ पुस, सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप गाउँमा आगलागी हुँदा पाँच घर जलेका छन् भने दुई जना घाइते भएका छन् । स्थानीयका अनुसार गएराति लैबा फडेरोको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट लैबा फडेरा, जयराम फडेरा, क्रान्ति फडेरा, रमेश महतारा र मोहन महताराको घरमा क्षति पुगेको छ । आगोमा जलेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राति नै एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोट ल्याइएको छ । घाइतेको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाकान्त तिवारीले बताए । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख विष्णु श्रेष्ठले आगलागीको कारण थाहा हुन नसकेको र अनुसन्धान भइरहेको…
पुरा पढ्नुहाेस्
बद्री कुन्ता मेमोरियल ट्रस्टका सदस्य जोशीले गरे बर्दगोरियाका खेलाडीहरु सँग भेट र खेलमैदान अवलोकन

बद्री कुन्ता मेमोरियल ट्रस्टका सदस्य जोशीले गरे बर्दगोरियाका खेलाडीहरु सँग भेट र खेलमैदान अवलोकन

बर्दगोरिया । कैलाली जिल्ला फूटबल संघको आयोजना र बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा यहि पुस १८ देखि पुस २६ गतेसम्म धनगढी रंगशालामा हुन गईरहेको Badri–Kunta Memorial District Level U–16 Smart Generation Championship–2026 का लागि कैलाली जिल्लाका फुटबल क्लबहरु जोरतोरका साथ लागिरहेका छन् । यहि बिचमा बिहिवार बद्री कुन्ता मेमोरियल ट्रस्टका अध्यक्ष कमला जोशी संस्थापक सदस्य गोकर्ण जोशी र उहाँको टिमले कैलालीको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टसका खेलाडीहरु सँग भेट गर्दै वडा नम्बर ४ मा रहेको कोतागडी खेलमैदान समेत अवलोकन गरेका छन् । बद्री कुन्ता मेमोरियल ट्रस्टका संस्थापक सदस्य गोकर्ण जोशी र उहाँको टिमलाई कैलालीको बर्दगोरिया स्पोर्ट्स एण्ड इभेन्टस्का अध्यक्ष प्रमोद…
पुरा पढ्नुहाेस्
आज ‘क्रिसमस डे’ मनाइँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् ।   आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।   पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेको उनले बताए ।   मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रूपमा आजको दिनलाई मनाउने…
पुरा पढ्नुहाेस्
क्रिसमसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिको विश्वास

क्रिसमसले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने राष्ट्रपतिको विश्वास

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबिचको राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’ ले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा जारी गरेको शुभकामना सन्देशमा उनले यस्ता पर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान एवं धार्मिक आस्था बोकेका समुदायबिच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि हुने उल्लेख गरेका छन्। सन्देशमा भनिएको छ, “इसाई धर्मका अनुयायीद्वारा जिसस क्राइस्टको जन्मदिनको अवसरमा हरेक वर्षको डिसेम्बर २५ लाई धार्मिक एवं सांस्कृतिक उत्सवका रूपमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी ‘क्रिसमस डे’ मनाउने गरिएको छ । नेपालमा यस अवसरमा देशका विभिन्न स्थानमा विविध कार्यक्रमहरूको आयोजना गरी यस पर्वलाई मनाउने…
पुरा पढ्नुहाेस्
बोलायो नागरिक लगानी कोषले साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

बोलायो नागरिक लगानी कोषले साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने

काठमाडौं । नागरिक लगानी कोषले ३१ औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते केन्द्रीय कार्यालयमा बिहान ११ बजे सभा बोलाएको हो ।   सभाले ५ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश ९कर समेत० गरी कुल १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।   साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू पारित गर्नेछ।   त्यसैगरी कोषको सञ्चालक समितिमा एक जना सर्वसाधारण सेयरधनीको निर्वाचन गर्ने र साधारणसभाको निर्णय पुस्तिकामा हस्ताक्षर गर्न सेयरधनीहरू तथा सञ्चालकहरूको तर्फबाट एकरएक जना प्रतिनिधि…
पुरा पढ्नुहाेस्
मोहन्यालको घाटछामा बस पुगेपछि जनतालाई राहत

मोहन्यालको घाटछामा बस पुगेपछि जनतालाई राहत

बौनिया । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ को घाटछाल सम्म बस सञ्चालन भएपछि स्थानीय बासीलाई राहत भएको छ । स्थानीय नवदुर्गा सामुदायिक बनले समयमै बाटो सरसफाइ गरेपछि बस सञ्चालन सम्भव भएको स्थानीयहरू बत्ताउँछन् । “बाटो त पहिल्यै खुलेको हो तर बस चलेको थिएन । बर्खामा भत्किने गाउँपालिकाले पर जेठ वैशाखमा मात्रै सरसफाइ गर्ने, यस्तै थियो । यो चोटि चाहिँ सामुदायिक वनले चाँडो सरसफाइ ग¥यो अनि बस पनि चलाए । हाम्रा लागि सारै राम्रो भयो । बस चढ्न सोल्टा सम्म ८÷१० किलोमिटर हिँड्नु पर्थ्यो त्यो पनि अब त सजिलो भयो ।” स्थानीय नन्द बुढाले भने । विगतमा चिसापानीबाट सोल्टा सम्म…
पुरा पढ्नुहाेस्
एनपीएल; फाइनल प्रवेशका लागि सुदुरपश्चिम र बिराटनगर भिड्दै 

एनपीएल; फाइनल प्रवेशका लागि सुदुरपश्चिम र बिराटनगर भिड्दै 

२३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुँदैछन । दोस्रो स्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ मा आजदेखि प्लेअफका खेलहरू सुरु हुनेभएका छन्। प्लेअफअन्तर्गत आज पहिलो क्‍वालिफायर हुँदैछ जहाँ अंकतालिकामा शीर्ष दुईमा रहेका सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन् । खेल अपरान्ह ४ बजेदेखि त्रिवि क्रिकेट रंगशालामा सुरु हुनेछ । गत संस्करणको उपविजेता समेत रहेको सुदूरपश्चिम रोयल्स लगातार दोस्रोपटक प्लेअफमा पुग्न सफल भएको थियो भने विराटनगर पहिलोपटक प्लेअफमा पुगेको हो । लिग चरणमा लगातार ६ खेल जितेर अन्तिम खेलमा पराजित भएको सुदूरपश्चिम अंकतालिकामा १२ अंकका साथ शीर्षस्थानमा रह्‍यो…
पुरा पढ्नुहाेस्
२२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस बर्दगोरियामा मनाइयो

२२औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस बर्दगोरियामा मनाइयो

बौनिया/ २२ औँ महिला सामुदायिक  स्वास्थ्य स्वयंसेविका दिवस कैलालीको बर्दगोरिया गाउँपालिकामा पनि भव्य रुपमा मनाइएको छ। “स्वस्थ समुदायको निर्माण, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको योगदान” भन्ने मूल नारासहित कार्यक्रम गरी दिवस मनाइएको हो । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लालपरिया डगौरा थरुनिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर रहनु भएको थियो । पहिले महिला स्वयंसेविकाले माशिक भत्ता २ हजार पाउदै आएकोमा अब देखि सो रकम वृद्धि भएर माशिक भत्ता ४ हजार पाउने भएका छन । साथै अध्यक्ष कुँवरले ६० बर्षमा अनिवार्य अवकास पछि महिला स्वास्थ्य स्वयंसेविकाले पाउदै आएको २० हजारलाई वृद्धि गरेर १ लाख दिने प्रतिबद्धता समेत…
पुरा पढ्नुहाेस्
नेकपाको आज सुदूरपश्चिम प्रदेशस्तरीय पार्टी एकता सन्देश सभा धनगढीमा हुँदै

नेकपाको आज सुदूरपश्चिम प्रदेशस्तरीय पार्टी एकता सन्देश सभा धनगढीमा हुँदै

कैलाली । आज (शुक्रबार) धनगढीमा नेपाली कम्युनिष्ट पार्टीको पार्टी एकता सन्देश सभा हुँदैछ । पार्टीको आज सुदूरपश्चिम प्रदेशस्तरीय एकता सन्देश सभा हुन लागेको हो । धनगढीको क्याम्पस रोड चोक तथा चौराहाबाट आज बिहान ११: ३० बजे भेला भएर जुलुससहित पार्क मोडमा एकत्रित भइ रंगशालाको दक्षिण–पश्चिमको चौरमा १२ः३० बजे सन्देश सभा गर्ने कार्यक्रम रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले बताए । गाउँ र शहर सबै ठाउँमा पार्टी तथा जनवर्गीय संगठनका नेता कार्यकर्ताले सन्देश सभाको बारेमा सन्देश पुर्‍याएको बताउँदै सभाका हजारौं जनताको सहभागिता रहने उनले दाबी गरे । रावलले जुलुस तथा सभाको शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनसँग गहन छलफल भएको बताउँदै…
पुरा पढ्नुहाेस्
कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति बन्दै

कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति बन्दै

देवानन्द न्याैपाने  लम्की (कैलाली) १०, मंसिर । कैलालीका तीन पालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति बन्ने भएको छ । जिल्लाकाे लम्कीचुहा नगरपालिका , टीकापुर नगरपालिका र  जानकी गाउँपालिकामा अपाङ्गता भएका बालबालिका सम्बन्धी स्थानीय नीति २०८२ बन्न लागेको हाे । गुडनेवर्स इन्टरनेशनल नेपालको सहयोगमा नीतिकाे मस्यौदा तयार गरी प्रारम्भीक छलफल समेत भईसकेकाे छ । तीनवटै पालिकामा निर्माण हुन लागेकाे नीतिले अपाङ्गता भएका बालबालिकाकाे हक, अधिकार र समानजनक जीवनयापनकाे अधिकारलाई कानुनीरूपमा संरक्षण गर्न , सुनिश्चित हुने बिश्वास गरिएको छ ।" अपाङ्गता भएका बालबालिकालाई मर्यादित र सम्मानित जीवन जिउन सहज हाेस् भन्ने अभिप्रायका साथ कैलालीका तीनवटै पालिकामा स्थानीय नीति निर्माणमा सहयोग गरिरहेका…
पुरा पढ्नुहाेस्