समाचार

बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय नजिक

बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय नजिक

रासस काठमाडौँ । बाढी पहिरो र डुबानमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ९२ पुगेको छ । ३० जना अझै बेपत्ता छन् । एक सय ९४ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई अहिलेसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको मन्त्रालयले जनाएको छ । बाढी पहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको पनि सरकारको भनाइ छ ।
पुरा पढ्नुहाेस्
भुटान भ्रमणमा जाँदै, पूर्व राजा ज्ञानेन्द्र शाह

भुटान भ्रमणमा जाँदै, पूर्व राजा ज्ञानेन्द्र शाह

काठमाडौँ । भ्रमणको सिलसिलामा पूर्व राजा ज्ञानेन्द्र शाहले भुटान जाने भएका छन् । शाह आगामी साता निजी भ्रमणको सिलसिलामा भुटान प्रस्थान गर्ने भएका हुन । शाहले नौरथाको अवधिमा त्यहाँका विभिन्न शक्तिपिठको दर्शन गर्ने कार्यक्रम रहेको छ । दसैँ मान्न भने उनी काठमाडौँ नै फर्किने कार्यतालिका तय भएको छ ।
पुरा पढ्नुहाेस्
 देशभर अधिकांश स्थानमा वर्षा

 देशभर अधिकांश स्थानमा वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदलीदेखि पूर्णतया बदली रहेको छ। सबै प्रदेशको एक– दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ, भने केही स्थानमा घनघोर वर्षा भइरहेको छ । साथै नेपालमा उत्तरी मध्य महाराष्ट्रमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव रहेको जल तथा मौसम विज्ञान, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी…
पुरा पढ्नुहाेस्
कैलालीको लम्की बाट लागु औषधसहित दुई जना पक्राउ

कैलालीको लम्की बाट लागु औषधसहित दुई जना पक्राउ

लम्की । कैलालीको लम्की चुहा नगरपालिकाबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जानकी गाउँपालिका– २ का १९ वर्षीय सुजन परियार र २१ वर्षीय रोहित नेपाली रहेका  छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरीले पक्राउ ६ सय ७० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको गरेको हो। गस्तीमा रहेको प्रहरी टोलीले शङ्काको आधारमा चेकजाँच उनीहरूलाई ६ सय ७० मिलिग्राम लागु औषध बरामद गरेको हो। उनीहरू लम्की चुहा नगरपालिका वडा नम्बर ३ व्यवस्थित नगरबाट पक्राउ परेका हुन ।
पुरा पढ्नुहाेस्
नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः प्रचण्ड

नयाँ युगको सुरुवात माओवादीले नै गरेको होः प्रचण्ड

काठमाडौं, १० असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ ।अखिल क्रान्तिकारीको २३ औं राष्ट्रिय उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व पनि माओवादीले गर्ने बताउनुभयो । ‘संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधानसभाबाट संविधान निर्माण र त्यसमा आम सहमित जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको…
पुरा पढ्नुहाेस्
स्थानीय तह उपनिर्वाचन : यस्तो छ कार्यतालिका 

स्थानीय तह उपनिर्वाचन : यस्तो छ कार्यतालिका 

काठमाडौँ। निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि  निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ। जसअनुसार मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने छ । यस्तै सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ। यसैगरी उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ । सोही दिनको दिउँसो ३ बजेदेखि मंसिर ४ गते बेलुका ५ बजेभित्र मनोनयनपत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी नामावली प्रकाशन गरिने  छ । यसैगरी मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो…
पुरा पढ्नुहाेस्
मौसममा खराबी: आन्तरिक हवाई उडान प्रभावित 

मौसममा खराबी: आन्तरिक हवाई उडान प्रभावित 

काठमाडौँ । मौसममा खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने दैनिक आन्तरिक उडान प्रभावित भएको छ । काठमाडौँ विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहेको भए पनि मौसममा आएको खराबीका कारण विमानस्थलबाट हुने दैनिक आन्तरिक उडान भने प्रभावित भएका छन । जसका कारण काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ । विमानस्थलका अनुसार ‘इनरुट बेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन् । काठमाडौँबाट सिमराका लागि उडेको यती एयरलाइन्सको विमान सिमराको आकाशमा पुगेर अवतरण हुन नसकी काठमाडौँ पक्रिएको छ । यस्तै सोही एयरलाइन्सको काठमाडौँबाट विराटनगरका लागि उडेको अर्को विमान मौसम बिग्रिएकाले बिचबाटबाटै काठमाडौँ फर्किएको छ । मौसम बिग्रिएकाले आजका…
पुरा पढ्नुहाेस्
बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

बसको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु

कैलाली । कैलालीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। सोमवार साँझ जिल्लाको गौरीगंगा नगरपालिका–९ मसुरियामा सुदूरपश्चिम प्रदेश ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिदा सोही ठाउँ बस्ने ८४ वर्षीय हर्कबहादुर बमको मृत्युु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सडकमा बाटो क्रस गर्ने क्रममा बमलाई बसले ठक्कर दिएको थियो। उनको सोमवार राति धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बोहोराले बताए। बस र चालक गौरीगंगा नगरपालिका–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।
पुरा पढ्नुहाेस्
सुदूरपश्चिमसहित देशभर भारी वर्षाको सम्भावना

सुदूरपश्चिमसहित देशभर भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जसको प्रभावले आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ। कोसी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थान हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोसी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि…
पुरा पढ्नुहाेस्
एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना मात्र पास

एसइईको ग्रेड वृद्धि परीक्षामा एक लाख १९ हजार चार सय २५ जना मात्र पास

काठमाडौँ । यस वर्षको एसइई परीक्षाको ग्रेड वृद्धि परीक्षा दिएका मध्ये एक लाख १९ हजार चार सय २५ जना मात्र ग्रेड ( पास) भएका छन् । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले चैतमा लिएको नियमित परीक्षामा ऐनजी आएका र अनुपस्थित विद्यार्थीलाई पुन लिएको परीक्षामा पनि ५६.७८ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । परीक्षामा सहभागी दुई लाख १० हजार तीन २१ जना मध्ये एक लाख १९ हजार चार २५ जना मात्रै उत्तीर्ण भएका हुन् । परीक्षा नियन्त्रक नन्दलाल पौडेललेले ऐनजी र अनुपस्थित विद्यार्थी ९० हजार आठ सय ८८ जना छन् । कार्यालयले आठ जनाको उत्तर पुस्तिका रद्द गरेको छ…
पुरा पढ्नुहाेस्