बर्दगोरियाले संचालनमा ल्याए नि:शुल्क महाप्रस्थान यान
बर्दगोरिया । बर्दगोरिया गाउँपालिकामा नि:शुल्क महाप्रस्थान यान संचालनमा आएको छ । गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवरको नेतृत्वमा नि:शुल्क महाप्रस्थान यान संचालनमा आएको हो । पालिकामा नि:शुल्क महाप्रस्थान यान संचालनमा आए सङ्गै मानिसको मृत शवलाई सम्मानजनक तरिकाले आर्यघाटसम्म पुर्याउन सकिने गाउँपालिका अध्यक्ष कुँवरले बताए । विगतमा पालिकामा शव बोक्ने उपयुक्त वाहन नभएकाले आफन्तको मृत्यु भएर शोकमा डुबेका परिवारलाई सवारीसाधन खोज्न समस्या परेको अवस्थामा अब भने पालिकाले संचालनमा ल्याएको निःशुल्क महाप्रस्थान यानले निकै राहत दिने बताए । साथै पालिकाले मृत्यु पश्चात् घरपरिवार लाई किरिया खर्च बापत जनही १० हजार नगद उपलब्ध गराउने अध्यक्ष कुँवरले बताए । पालिकाले मृत्यु पश्चात् आफ्ना नागरिकलाई…

















