समाचार

गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा

गृह मन्त्रालयका सहसचिव अख्तियारको नियन्त्रणमा

काठमाडौँ , ०७ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ । मंगलबारमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट जिम्मेवारी खोसिएर गृह मन्त्रालय तानिएका उनलाई अख्तियारले बुधबार नियन्त्रणमा लिएको हो । अख्तियार स्रोतले उनको नेतृत्वमा भिजिट भिसामा गडबडी गरेको उजुरीका आधारमा बुधबार छापा मारिएको थियो । छापा मारिएसँगै उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको अख्तियार स्रोतले भन्यो । स्रोतका अनुसार उनले भिजिट भिसामा गडबडी गरेको गुनासो गृहमन्त्री रमेश लेखक, सचिव गोकर्णमणि दुवाडीसम्म पटक पटक पुगेको थियो भने अख्तियारमा पनि उजुरी परेको थियो ।
पुरा पढ्नुहाेस्
असारभित्रै क्रियाशील सदस्यता नवीकरण सक्नू पर्नेः नेपाली कांग्रेस

असारभित्रै क्रियाशील सदस्यता नवीकरण सक्नू पर्नेः नेपाली कांग्रेस

काठमाडौं, जेठ ७ । नेपाली कांग्रेसले असारभित्रै क्रियाशील सदस्यता नवीकरणका सम्पूर्ण काम सक्न मातहत समितिहरूलाई निर्देशन दिएको छ। बुधबार महामन्त्री गगन थापा नेतृत्वमा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले असारभित्रै क्रियाशील नवीकरण कार्य सक्न जिल्ला कार्यसमिति लगायतलाई निर्देशन दिएको हो। उक्त समितिले यसअघि वैशाख १५ गतेभित्र नवीकरणका काम सक्न भने पनि अधिकांश जिल्लाहरूले उक्त अवधिमा काम सम्पन्न गरेका थिएनन्। क्रियाशील सदस्यता व्यवस्थापन समिति सदस्यमा केन्द्रीय सदस्यहरू सीता गुरूङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) छन्। बुधबारको बैठकबारे जानकारी दिँदै सदस्य प्रकाश रसाइली स्नेहीले असारभित्रै नवीकरणका काम सक्न भनिएको बताए। ‘क्रियाशील सदस्यता नवीकरणका कार्य जिल्लाहरूमा ३० प्रतिशतदेखि ६० प्रतिशतसम्म पुगेको अवस्था…
पुरा पढ्नुहाेस्
सोलुखुम्बुमा बाढी/पहिरो आउनु पहिले सूचना दिने डिभाइस राख्न स्थलगत अध्ययन

सोलुखुम्बुमा बाढी/पहिरो आउनु पहिले सूचना दिने डिभाइस राख्न स्थलगत अध्ययन

जेष्ठ ७, काठमाडौँ । जापानी र नेपाली प्राविधिक टोलीले बाढी र पहिरोको पूर्वसूचना प्रणाली विकास गर्न सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकामा स्थलगत अध्ययन सम्पन्न गरेका छन् । एसिया–प्यासिफिक टेलिकम्युनिकेसन (एपीटी) मार्फत जापान सरकारको अनुदानमा सञ्चालित परियोजनाअन्तर्गत टोलीले सम्भावित परीक्षणस्थलहरूको अवलोकन गरेको हो । उक्त प्रणालीमा इन्टरनेट अफ थिङ्स (आईओटी) मा आधारित सेन्सर, क्यामेरा र अन्य प्रविधिको प्रयोग गरी बाढी तथा पहिरोजस्ता प्राकृतिक प्रकोपको समयमै सूचना प्राप्त हुने बताइएको छ । यसका लागि क्षेत्रगत ज्ञान भएका विज्ञहरूसँग परामर्श गरेर पूर्वसूचना प्रणालीमा आवश्यक पारामिटरहरू निर्धारण गर्ने र त्यस अनुरूप डेटा सङ्कलन तथा प्रणाली विकास गरिने उक्त परियोजनामा संलग्न अनुसन्धानकर्मी डा। वेद काफ्ले सामाजिक…
पुरा पढ्नुहाेस्
घरमाथि रूख ढल्दा डडेल्धुरामा बुहारीको मृत्यु, सासू घाइते

घरमाथि रूख ढल्दा डडेल्धुरामा बुहारीको मृत्यु, सासू घाइते

डडेल्धुरा । बुधवार बिहान आएको हावाहुरीसँगै रुख ढल्दा डडेल्धुरा एक महिलाको ज्यान गएको छ। जिलाको आलिताल गाउँपालिका–६ दोबाटामा घरमाथिबाट सल्लाको रुख ढल्दा २७ वर्षीया रविना कामीको घटनास्थलमै मृत्यु भएको हो भने उनकी सासू राधा कामी गम्भीर घाइते भएकी छन्। स्थानीयले बिहान करिब ६ बजेतिरको समयमा घटना भएको बताएका छन्। घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राधा कामीको कम्मर र टाउकोमा चोट लागेको छ। मृतक रविना कामीका एक छोरा र एक छोरी छन्। प्रहरीले अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पुरा पढ्नुहाेस्
सपत ग्रहण सँगै बसन्त जैसीले समाले बिच भुरुवा ग्रा.विद्युत सहकारी सं. लि.को कार्यभार

सपत ग्रहण सँगै बसन्त जैसीले समाले बिच भुरुवा ग्रा.विद्युत सहकारी सं. लि.को कार्यभार

लम्की । लकैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ मा रहेको बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडका नव निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुले आज सपत ग्रहण का साथै पदभार ग्रहण गरेका छन । बैशाख २७ गतेका दिन बिच भुरुवा ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको १८ औं साधारणसभा बाट सर्वसम्मत रुपमा निर्वाचित भएका नव निर्वाचन पदाधिकारीहरुले आज (शनिबार) किसान बहुउद्देश्यीय संस्थाको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका बीच सपत ग्रहण गर्नुका साथै पदभार गरेका हुन । नव निर्वाचित कार्यसमितिको अध्यक्षमा बुद्धिमान जैशी (वसन्त) रहेका छन । यस्तै उपाध्यक्ष देव शर्मा जैशी, सचिवमा बिना भट्ट, कोषाध्यक्ष प्रेम बहादुर आले मगर सहित  ९ सदस्यीय कमिटीले…
पुरा पढ्नुहाेस्
मौसम पूर्वानुमान: वर्षाको सम्भावना

मौसम पूर्वानुमान: वर्षाको सम्भावना

काठमाडौँ । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम बिज्ञान, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  यसका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।…
पुरा पढ्नुहाेस्
देशभर जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज यी स्थानमा हुनेछ वर्षा

देशभर जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज यी स्थानमा हुनेछ वर्षा

काठमाडौं । हाल देशमा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। यसका साथै मौसम प्रणालीमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । जसका कारण हाल बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमतीका सिन्धुली लगायतका जिल्लामा वर्षा भइरहेको छ। लुम्बिनीको बाँके, बर्दिया र कर्णालीको सुर्खेतमा पनि वर्षा भइरहेको छ। पछिल्लो २४ घन्टा देशका अधिकांश भूभागमा वर्षा भएको छ। सोमबार सुदूरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी…
पुरा पढ्नुहाेस्
वाइसीएल नेपाल बर्दगोरियाको चौथो सम्मेलन सम्पन्न; अध्यक्षमा भक्त सदासंकर

वाइसीएल नेपाल बर्दगोरियाको चौथो सम्मेलन सम्पन्न; अध्यक्षमा भक्त सदासंकर

कैलाली । नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसीएल नेपाल बर्दगोरिया गाउँ कमिटीको चौथो सम्मेलन सम्पन्न भएको छ । बिहीवार बौनियामा सम्पन्न सम्मेलनले भक्त सदासंकरको नेतृत्वमा २५ सदस्यीय पालिका स्तरीय  कमिटी चयन गरेको हो। कमिटीको अध्यक्षमा भक्त सदासंकर,उपाध्यक्षमा नेहा चौधरी ,रामनारण चौधरी र बल बहादुर सोव, सचिबमा  ललित रसाइली ,कोषाध्यक्षमा राजु चौधरी र सह- सचिब प्रशुराम चौधरी लगाएत २५ सदस्य नयाँ कमिटी चयन गरेको हो । निवर्तमान अध्यक्ष अमित चौधरीको सभाध्यतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम प्रदेश कमिटी सह-सचिब नन्द बहादुर साउद ,विशिस्ट अतिथिका रूपमा वाइसीएल नेपालका केन्द्रिय उपाध्यक्ष मिङ्मा देन्डु शेर्पा अतिथिमा नेकपा (माओवादी केन्द्र) सुदुरपश्चिम…
पुरा पढ्नुहाेस्
मोहन्याल-३ रक्तदान कार्यक्रम सम्पन्न 

मोहन्याल-३ रक्तदान कार्यक्रम सम्पन्न 

बर्दगोरिया । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका ३ फलेबिसौनामा रास्कोटी ठकुरी हरुको पारिवारिक संस्था मलय बम्म स्मृति अद्ययनन प्रतिष्ठान नेपाल लम्कीचुहा २ कैलालीको आयोजना र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहको सहयोगमा सोमबार एक दिने रक्तदान शिविर कार्यक्रम सम्पन्न भएको हो । रक्तदान  शिविरका आयोजक बम्म स्मृति प्रतिस्ठानका अध्यक्ष लिला जंग शाहीका अनुसार मोहन्याल गाउपालिकामा प्रहिलो पटक उक्त कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रम मलय बम्म स्मृति प्रतिस्ठान का अध्यक्ष लिला जंग शाहीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी मोहन्याल गाउपालिका का अध्यक्ष देविदत्त उपाध्याय र विशिष्ट अतिथिमा कार्यपालिका सदस्य नानी दमाई र जनकल्याण सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जनक राज गिरी रहेका थिए…
पुरा पढ्नुहाेस्
कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका शाहीको सुई लगाएको २ मिनेटमै मृत्यु

कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका शाहीको सुई लगाएको २ मिनेटमै मृत्यु

सुखड : कैलालीमा सामान्य टाउको दुखाई पछि मेडिकल गएका एक जना युवकको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–८ का ३५ वर्षीय निरजबहादुर शाहीको स्थानीय मेडिकलमा सुई लगाएको केही मिनेटमै मृत्यु भएको छ। सोमबार बिहान टाउको दुखेपछि शाही नजिकै रहेको दहित मेडिकल गएका थिए। मेडिकल सञ्चालक ईन्द्र दहित काठमाडौं गएका बेला मेडिकलमा कार्यरत ल्याब असिस्टेन्ट महाबिर चौधरीले जन्डिस भएको भन्दै इन्जेक्सन दिएका थिए। प्रत्यक्षदर्शीका अनुसार इन्जेक्सन लगाइएपछि शाहीले तुरुन्तै खोक्न थालेका थिए। खोक्दाखोक्दै मुखबाट फिज निस्किएको र छटपटाउन थालेको बताइएको छ। झाडापखालाको उपचारका लागि त्यही मेडिकलमा गएका खडकबहादुर साउँदले भने, “मलाई सलाइन चढाएर बसेको थिएँ, निरज भाईलाई एउटा इन्जेक्सन लगाइयो।…
पुरा पढ्नुहाेस्