समाचार

स्थानीय सेवा ऐनः बर्दगोरियका २१ कर्मचारीको बढुवा, हेर्नुहोस नामसुची सहित

स्थानीय सेवा ऐनः बर्दगोरियका २१ कर्मचारीको बढुवा, हेर्नुहोस नामसुची सहित

बर्दगोरिया । कैलालीको बर्दगोरिया गाउँपालिकाका २१ जना कर्मचारी बढुवा भएका छ । प्रदेश सरकारले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ ल्याए सँगै बर्दगोरिया गाउँपालिकाका २१ जना कर्मचारी बढुवा भएको हो ।   जसमा स्वास्थ्य क्षोत्रमा कार्यारत ६ जना, लेखामा कार्यारत ३ जना, प्राविधिक ६ जना र प्रशासन सहित अन्य ६ जनाको एक तह वृद्धि सहित तह मिलान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम श्रेष्ठले जानकारी दिए । उनका अनुसार पालिकामा कार्यरत ८ जना चौथोबाट पाँचौँ तहमा बढुवा भएका छन् भने ९ जना पाँचौँबाट छैटौँ तहमा बढुवा भएका छन् । यस्तै ४ जना छैटौँबाट सातौँ तहमा बढुवा भएका छन् ।…
पुरा पढ्नुहाेस्
उपल्लो मुस्ताङमा बाढी बगायो ७ पुल, डेढ करोड बढीको क्षति

उपल्लो मुस्ताङमा बाढी बगायो ७ पुल, डेढ करोड बढीको क्षति

मुस्ताङ । उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा प्रतिनिधिहरूले संयुक्त रूपमा बाढीले त्यहाँ पुर्‍याएको क्षति यकिन गर्न बुधबार अनुगमन गरेका छन् । बाढीले तीनवटा पक्की पुलसहित गाउँपालिकाको शाखा सडकमा कुल सातवटा पुलमा क्षति पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केसीले जानकारी दिए । यसबाट डेढ करोडभन्दा बढी नोक्सान भएको अनुमान गरिएको उनले बताए । प्रमुख प्रशासकीय अधिकृत केसीका अनुसार मङ्गलबार साँझ लोमान्थाङ—४ चुम्जुङस्थित छुआमा खोलाको बाढीले…
पुरा पढ्नुहाेस्
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट  गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन लगाएको मानिन्छ । संस्कृत शब्दगुरुको शाब्दिक अर्थ ‘गु’ को अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिःगुरु’ अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हो । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न…
पुरा पढ्नुहाेस्

मौसम पूर्वानुमान; देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…
पुरा पढ्नुहाेस्
आन्दोलनरत सुनचाँदी व्यवसायी सङ्घद्वारा बर्दगोरियामा प्रदर्शनीः सङ्घले स्थानीय सरकार मार्फत नेपाल सरकारलाई बुझायो ज्ञापन पत्र 

आन्दोलनरत सुनचाँदी व्यवसायी सङ्घद्वारा बर्दगोरियामा प्रदर्शनीः सङ्घले स्थानीय सरकार मार्फत नेपाल सरकारलाई बुझायो ज्ञापन पत्र 

बर्दगोरिया । आन्दोलनरत सुनचाँदी व्यवसायी सङ्घले बर्दगोरियामा बिहीबार प्रदर्शनी गरेको छ । सरकारले सुनचाँदीमा लगाइएको विलासिता कर फिर्ताको माग गर्दै आन्दोलनरत नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, रत्न तथा आभूषण महासङ्घ, कला व्यावसायिक महासङ्घ लगायतकाले बिहीबार कैलालीको बर्दगोरिया गाउँपालिकामा प्रदर्शनी गरेका छन् । सरकारले सुनचाँदीका गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप सङ्कटमा परेको भन्दै उक्त कर फिर्ताको माग गर्दै सुनचाँदी व्यवसायी सङ्घ उपशाखा बर्दगोरियाले  पनि बिहीबार बर्दगोरियामा प्रदर्शन गरेको हो । सरकाले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा सुनचाँदीमा विलासी कर भन्दै २ % (दुई प्रतिशत) र सुनका गहनामा प्रयोग हुने बहुमूल्य पत्थर र हिरामा लगाएको १३…
पुरा पढ्नुहाेस्
मुख्यमन्त्री शाहले गरे वन मन्त्री चौधरीलाई बर्खास्त

मुख्यमन्त्री शाहले गरे वन मन्त्री चौधरीलाई बर्खास्त

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेका छन ।   सत्तारुढ दलको सहमतिअनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य रामेश्वर चौधरी ४ जेठमा सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री नियुक्त भएका थिए । मन्त्रीमा नियुक्त भएको महिना दिन पुगेको थिएन, ३ असारमा मुख्यमन्त्री कमलबहादुर शाहले बन चौधरीलाई मन्त्री पदबाट राजीनामा दिन निर्देशन दिएका थिए । तर, मन्त्री चौधरीले पदबाट राजीनामा दिएका थिनन् । मन्त्री पदबाट बर्खास्त गरिदिन चुनौती दिएका चौधरीलाई मुख्यमन्त्री शाहले बिहिवार पदमुक्त गरेका हुन् । मुख्यमन्त्री शाहले मन्त्री चौधरीको राजीनामा माग्नुको पछाडि तीन कारण चर्चामा थियो । नियुक्तिमा सल्लाह…
पुरा पढ्नुहाेस्

यी ६ प्रदेशमा आज भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।   जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। दिउँसो सबै प्रदेशका पहाडी भू(भागमा साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली रहने पूर्वानुमान छ। दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागका धेरै स्थानहरूमा तथा बाँकी भू(भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी…
पुरा पढ्नुहाेस्
हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । हात्तीको आक्रमणबाट बिर्तामोड–७ मा एक जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार बिहीबार बिहान शौचालय जान घरको आँगनमा निस्किएका ५९ वर्षीय लोकप्रसाद लिम्बू हात्तीको आक्रमणमा परेका हुन्। हात्तीको आक्रमण बाट गम्भीर घाइते भएका उनको घटनास्थलमा नै मृत्यु भएको हो।
पुरा पढ्नुहाेस्
रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको हो । बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधि, रुपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचन सम्बन्धमा छलफल हुनेछ । साथै बैठकमा कुलिङ पिरियडमा भइरहेको विवाद र संसद्मा आफ्नो पार्टीले गर्दै आएको विरोधको बारेमा पनि छलफल हुने बताइएको छ ।
पुरा पढ्नुहाेस्
एसईई नतिजा; नोबेल मा.बि. ले गर्‍यो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान

एसईई नतिजा; नोबेल मा.बि. ले गर्‍यो उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद सहित सम्मान

बर्दगोरिय । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर १ मा सञ्चालित नोबेल माध्यमिक विद्यालयले शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगत सहित सम्मान गरेको छ । विद्यालयले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै शैक्षिकसत्र २०८१ को एसईई परीक्षामा पालिकामै सर्वोत्कृष्ट जिपिए ल्याउदै प्रथम,द्दितिय, तृतीय र  चौथो स्थान हासिल गर्ने भावना कुमारी बम, पुजा पुरी, धर्म सिंह शेठ्ठी र झरना भण्डारीलाइ क्रमशः जनही नगद ५०००, ४०००, ३००० र २००० सहित सम्मान गरेको हो । राष्ट्रिय परिक्षा बोर्डले गत शनिबार सार्वजनिक गरेको एसईई परिक्षाको नतिजामा भावना कुमारी बमले ३.८७ जिपिए ल्याउँदै बर्दगोरिया गाउँपालिकामा प्रथम स्थान हासिल गर्न सफल भएकी हुन…
पुरा पढ्नुहाेस्