धनगढीमा आगलागी, ३ पसलका ८ सटर जले
कैलाली । कैलालीको धनगढी उप–महानगरपालिका–४, नाष्ट कलेज नजिक गएराती भीषण आगलागी भएको छ। राति करिब १०ः५० बजे सुरु भएको आगलागी सेन्टर पोइन्ट रेस्टुरेन्ट, हेलेन ट्रेड सप्लायर्स, परिवर्तन इन्फेक्स लगायतका आठवटा सटरमा फैलिएको थियो। स्थानीय व्यापारी विश्व प्रकाश कडेलद्वारा सञ्चालित ती पसलहरूमा विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ। आगो लागेपछि सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (प्र.उ.) बाल नरसिंह राणाको कमाण्डमा खटिएको नेपाल प्रहरीको ४५ जनाको टोली र सशस्त्र प्रहरी बल नम्बर ३४ हेडक्वार्टर कैलालीका सशस्त्र प्रहरी निरीक्षक (स.प्र.नि.) सरोज खतिवडाको कमाण्डमा २५ जनाको टोली तत्काल घटनास्थलमा परिचालन गरिएको थियो। धनगढी उपमहानगरपालिकाबाट २ वटा…














