समाचार

नेपाली कम्युनिस्ट पार्टी बर्दगोरिया ६ को निर्वाचन पार्टी सम्पर्क कार्यालयको नन्द बहादुर साउँदले गरे उद्घाटन

नेपाली कम्युनिस्ट पार्टी बर्दगोरिया ६ को निर्वाचन पार्टी सम्पर्क कार्यालयको नन्द बहादुर साउँदले गरे उद्घाटन

बौनिया । नेपाली कम्युनिस्ट पार्टी नेकपाले कैलाली क्षेत्र नं २ मा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ । आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा नेपाली कम्युनिस्ट पार्टी नेकपाले कैलाली क्षेत्र नं २ मा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको हो ।   चुनावी प्रचार प्रसारलाई तीव्रता दिने क्रममा पार्टीले निर्वाचन क्षेत्र का विभिन्न वडा तथा पालिकामा निर्वाचन पार्टी सम्पर्क कार्यालयको समेत उद्घाटन गर्दै आएको छ । सोही अनुसार बिहीबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा निर्वाचन पार्टी सम्पर्क कार्यालयको उद्घाटन गरेको । कार्यालयको कैलाली क्षेत्र नं २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार नन्द बहादुर साउँद…
पुरा पढ्नुहाेस्
माघ २५ भित्र बजेटको अर्धवार्षिक समीक्षाः आकार घटाउने तयारी

माघ २५ भित्र बजेटको अर्धवार्षिक समीक्षाः आकार घटाउने तयारी

काठमाडौँ । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा माघ २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मन्त्रालयले पुस दोस्रो सातादेखि बजेट अर्धवार्षिक समीक्षा सुरु गरिरहेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाललाई संयोजक तोकेर मन्त्रालयले काम गरिरहेको हो । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले मन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा तथा बजेट कार्यान्वयनका क्रममा देखा परेका समस्या समाधानका लागि भएका पहल समेतको विश्लेषण गरिरहेको बताए । उनका अनुसार समितिले तीव्र रुपमा बजेट अर्धवार्षिक समीक्षाको तयारी गरिरहेको छ । मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले बजेट समीक्षाको काम तीव्र गतिमा भइरहेको र माघ २० देखि २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको…
पुरा पढ्नुहाेस्
सेवा निवृत्त हुनुभएका जन स्वास्थ्य अधिकृत जोशीको विदाई 

सेवा निवृत्त हुनुभएका जन स्वास्थ्य अधिकृत जोशीको विदाई 

बौनिया । सेवा निवृत्त हुनुभएका जन स्वास्थ्य अधिकृत कृष्णदेव जोशीको बिहीबार एक औपचारिक कार्यक्रमका बीच विदाई गरिएको छ । २०५२ सालदेखि साविक कोटातुल्सीर स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा दिदै आएका जोशीको बिहिबार एक औपचारिक कार्यक्रम बीच विदाई गरिएको हो। आफ्नो कार्यकालमा आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि आफू कार्यरत रहेको स्थानका नागरिकको स्वास्थ्यप्रति निकै नै जिम्मेवारी रही आफ्नो कार्यकुशलता निर्वाह गरेका थिए। साविक कोटा तुल्सीपुर स्वास्थ्य चौकीबाट आफ्नो स्वास्थ्यकर्म सुरु गरेका जोशी विभिन्न स्वास्थ्य संस्थाबाट सेवा प्रभाव गर्दै हाल पुन बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा रहेको कोटातुल्सीपुर स्वास्थ्यचौकी स्वास्थ्य प्रमुख पदमा रहेका थिए। बिहीबार जनस्वास्थ्य अधिकृत जोशीको एक औपचारिक कार्यक्रमका बीच ससम्मानसहित…
पुरा पढ्नुहाेस्
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा आज मौसममा बदली हुने पूर्वानुमान गरेको छ। शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली हुनेछ। तराईका अधिकांश भागमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यसैगरी, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहने पूर्वानुमान छ। लुम्बिनी,…
पुरा पढ्नुहाेस्
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकन डलर एकको खरिददर १४६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ९२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०६ रुपैयाँ २८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ १७ पैसा र बिक्रीदर १७१ रुपैयाँ ८७ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९७ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।…
पुरा पढ्नुहाेस्
बौनिया जेसिजको १३ औं पदहस्तान्तरण तथा पुरस्कार बितरण समारोह सम्पन्न

बौनिया जेसिजको १३ औं पदहस्तान्तरण तथा पुरस्कार बितरण समारोह सम्पन्न

बौनिया । बौनिया जेसीजको १४ औं शाखा अधिवेशन बाट निर्वाचित भिम बहादुर बि क ले पदभार ग्रहण गरेका छन । मंगलबार बौनिया जेसिजको १३ औं पदहस्तान्तरण तथा पुरस्कार बितरण समारोह सम्पन्न भएको हो । बौनिया जेसिज बर्ष २०२५ का अध्यक्ष मिलन ओलिको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष रुपक बिष्ट रहनु भएको थियो । यसै गरि बिशिस्ट अतिथिमा बौनिया जेसिजका संस्थापक अध्यक्ष लिला राज शाही रहनु भएको थियो । बौनिया जेसिज बर्ष २०२५ का उपाध्यक्ष हरेन्द्र चौधरीको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०१५ का अध्यक्ष गणेश प्रसाद भट्ट , टिकापुर जेसिजका अध्यक्ष कमल…
पुरा पढ्नुहाेस्
सुनसरीमा ट्रक दुर्घटनाः पाँचजनाको मृत्यु

सुनसरीमा ट्रक दुर्घटनाः पाँचजनाको मृत्यु

विराटनगर । सुनसरीमा मालवाहक ट्रक पल्टँदा पाँचजनाको मृत्यु भएको छ । भोक्राह नरसिंह गाउँपालिका–८, सोनीयाहीमा बिहीबार ९माघ १० बिहान ट्रक दुर्घटना हुँदा पाँच कामदारको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको विराटनगरबाट मार्बल बोकेर राजविराजतर्फ जाँदै गरेको को१ख ४५४१ नम्बरको ट्रक बिहान साढे ५ बजेतिर अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । दुर्घटनामा मार्बलले किचिएर उनीहरूको मृत्यु भएको सुनसरीका एसपी केशवकुमार थेवेले जानकारी दिए । उनीहरू मार्बलमाथि बसेका थिए । दुर्घटनामा ३२ वर्षीय धीरेन्द्र गुरुङ, ५५ वर्षीय बर्मदेश गुरुङ, ५० वर्षीय टंक गुरुङ, ४५ वर्षीय चन्द्र गुरुङ र २८ वर्षीय निशु गुरुङको मृत्यु भएको हो । उनीहरू…
पुरा पढ्नुहाेस्
माघे संक्रान्ति पर्व मनाइँदै

माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० संक्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।   आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्छ ।   तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।   बिहानै…
पुरा पढ्नुहाेस्
त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन

तनहुँ । तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको आज पनि उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन गरिएको थियो ।   नेपाल प्रहरी र सशस्त्र प्रहरीले आइतबार दिनभर बसको उत्खनन गरेका थिए । आज पनि उक्त कार्य जारी रहने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहान १०ः४५ बजेको समयमा त्रिशूली नदी किनारमा एउटा बसको अगाडिको केही भाग पुरिएको अवस्थामा फेला परेको थियो ।   उक्त बस विसं २०८१ असार २८ गते चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत सिमलताल क्षेत्रमा काठमाडौँबाट गौरतर्फ जाँदै…
पुरा पढ्नुहाेस्
बौनिया जेसिसको अध्यक्षमा भिम बि.क निर्वाचित

बौनिया जेसिसको अध्यक्षमा भिम बि.क निर्वाचित

बौनिया । बौनिया जेसीजको १४ औं शाखा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट भिम बहादुर बि.क अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यसै गरि कार्यकारिणी उपाध्यक्षमा चक्रराज बोहरा  र डम्बर ब बुढा, उपाध्यक्षमा सागर चौधरी , तिलक ढुङ्गाना, चन्द्र प्रसाद देबकोटा र सुन्दर गौतम  निर्वाचित भएका छन् । बौनिया  जेसीजका संस्थापक अध्यक्ष लिलाजंग शाही , पूवअध्यक्षहरु भुवन बम,कृष्ण बिष्ट   लगायतको उपस्थितिमा अधिबेशन शौहार्दपूर्ण वातावरण सम्पन्न भएको हो । अधिवेशन बौनिया जेसीज वर्ष २०२५ का अध्यक्ष मिलनओलिको सभाध्यक्ष तथा बौनिया जेसीजका संस्थापक अध्यक्ष लिलाजंग शाहीको प्रमुख आतिथ्यतामा भएको थियो । अधिवेशनमा निर्वाचन कमिटी सदस्य चक्र बहादुर शाहीको संयोजकत्व तथा निर्वाचन कमिटीका सदस्य कृष्ण प्रसाद ओझाको सदस्यतामा…
पुरा पढ्नुहाेस्