कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कुँवरको १ सय दिनको कार्यप्रगति सार्वजनिक
१६, भाद्र २०७९ बर्दगोरिया (कैलाली) । कैलालीको बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्ण बहादुर कुँवर १ सय दिनमा गाउँपालिकामा भएको कार्यप्रगति सार्वजनिक गरेका छन् । गत वैशाख ३०, गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कार्यभार सम्हालेको १ सय दिन पुरा भएको अबसरमा पालिका अध्यक्ष कँुवरले हालसम्म गरिएका कार्यहरु सार्वजनिक गर्नुभएको हो । यसअघि पालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि कुल ७६ करोड ७० लाख ५५ हजारको बजेट सार्वजनिक गरेको थियो । जसमा गाउँपालिकामा संघिय सरकारबाट ४४.६९ करोड र प्रदेश सरकारबाट १.५१ करोड प्राप्त हुने र २.५० करोड पालिकाको आन्तरिक स्रोतबाट सङ्कलन हुने अपेक्षा छ। यसैगरी संघिय सरकारको विभिन्न अनुदानबाट गाउँपालिकाले ४४ करोड ६९…

















