लम्कीचुहा-६ मा भोलि वडा स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिता हुँदै

लम्की (कैलाली) । कैलालीको लम्की चुहा नगरपालिकामा शनिवार वडा स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिता हुने लागेको छ।

लम्की चुहा नगरपालिका वडा नम्बर ६ को आयोजनमा भोलि भाद्र ११ गते वडा स्थरिय खुल्ला एकल नृत्य प्रतियोगिता हुने लागेको हो ।

नारिहरुको महान चाड हरितालिका तिजको अवसर पारी वडा कार्यालयले एकल नृत्य प्रतियोगिता राखेको हो ।

एकल नृत्य प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुने लाई विशेष पुरस्कार रहेको छ भने प्रतियोगितामा चौथो स्थान हासिल गर्ने प्रतियोगीलाई पनि सान्तोना पुरस्कारको व्यवस्था समेत रहेको छ ।

यस्तै सोही प्रतियोगितामा हास्य कलाकार भिम खडकाको समेत प्रस्तुति रहने भएको छ ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकार समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । कार्यक्रम वडा नम्बर ६ को कार्यालयमा शनिवार बिहान ११ बजे देखि कार्यक्रम शुरु हुने भएको हो ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार