महालक्ष्मी आदर्श युवा क्लवले मनायो तिज विशेष कार्यक्रम २०७९

१४, भाद्र २०७९ बर्दगोरिया (कैलाली) ।  कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ हरितालिका तिज विशेष कार्यक्रम मनाएको छ । 

मंगलबार पर्न गएको हिन्दु महिलाहरुको महान् चार्ड हरितालिका तिजको अवसरमा वडा नम्बर ५ बैदीपुर गाउँमा संचालित महालक्ष्मी आदर्श युवा क्लवले तिज विशेष कार्यक्रम मनाएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष भोलेराम चौधरी रहनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि को आसन बाट बोल्दै चौधरीले हरितालिका तिजको अवसरमा यो महालक्ष्मी आदर्श युवा क्लबले आयोजना गरेको कार्यक्रमको प्रशासन गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो । उनले भने यस्ता कार्यक्रमले आफ्नो कला संस्कृति बचाउन सकिने बताए । तर पछिल्लो समय कला संस्कृतिको नाममा बाहिरी संस्कार लाई पहिलो प्राथमिक दिएको पाईएको बताए । तर यस्ता बाहिरी संस्कारलाई प्राथमिकता नदिई आफ्नो परम्परागत रुपमा मौलिक रुपमा आफ्ना कला संस्कृति लाई निरन्तरता दिन समेत अनुरोध गरे । उनले भने हाम्रो कला संस्कृति हाम्रो पहिचान हो त्यसैले हामीले हाम्रो परम्पराले मनाउदै आएको कला संस्कृतिलाई आफ्नै परम्परागत रुपमा मनाउनु पर्ने बताए । 

यस्तै कार्यक्रममा विशिष्ट अतिथि अमर कठरियाले आआफ्नो कला संस्कृति लाई आफ्नै परम्परागत सैलीमा मनाउनु पर्ने बताए । यस्तै उनले जोडे पछिल्लो समय चाड पर्वमा अर्काको देखासिकी गरि मनाउने प्रचलन रहेको हुँदा यस्ता क्रियाकलाप लाई हटाउदै आफ्नो क्षेमता अनुसार चाड पर्व मनाउन अनुरोध गरे ।

क्लबका अध्यक्ष प्रेम सुनारले आज पर्न गएको महिलाहरूको महान चाड हरितालिका तिजको अवसरमा सम्पुर्णमा आपसी मेलमिलाप, तथा प्रेम सद्भाव कायम रहोस भन्दै एक आपस शुभकामना आदन प्रदान गर्नुका साथै परम्परागत रुपमा मनाउदै आएको तिज लाई निरन्तरता दिनको लागि कार्यक्रमको आयोजना गरेको बताए । 

क्लबका सदस्य रेखा सुनारको स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रमको संचालन क्लबका सचीव गोपाल भुलले संचालन गरेका थिए ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार