कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली । कञ्चनपुरमा हात्ती धपाउन खोज्दा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ सिमलफाँटाकी २२ वर्षीया मीना जोशी रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुकी हात्तीका बथान गाउँ पसेपछि उनी धपाउन गएकी थिइन्। हात्तीको आक्रमणबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

याे सामग्री सेअर गर्नुहाेस्

सम्बन्धित समाचार